प्रथम आईक्यान सम्मेलन सुरु
लेखापरिक्षकको भुमिका विश्वसनिय हुनुपर्नेमा जोड


काठमाडौं, माघ १८ । अर्थमन्त्री डा. रामशरण महतले देश विकासका लागि लेखापरिक्षण व्यवसाय विश्वसनिय हुनपर्नेमा जोड दिनुभएको छ । नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को १८ औं वार्षिकउत्सव तथा पहिलो आईक्यान सम्मेलनको शनिबार राजधानीमा उद्घाटन गर्दै उहाँले नेपाल विकासोन्मुख देशबाट विकासशिलमा रुपान्तरण हुदै गरकाले यसका लागि लेखापरिक्षण स्तरिय हुनुपर्ने धारणा राख्नुभयो ।
“हामी देश विकासका लागि बैदेशिक लगानीको कुरा गरिरहेका छौं” अर्थमन्त्री डा.महतले भन्नुभयो, “त्यसका लागि लेखापरिक्षणको ठुलो महत्व हुन्छ ।” लेखापरिक्षकले प्रस्तुत गर्ने रिपोर्टलाई नै सर्वसाधारणले विश्वास गर्ने भएकाले लेखापरिक्षकले उच्च नैतिकताका साथ काम गर्नुपर्ने उहाँको भनाइ थियो,

यसैगरी महालेखापरिक्षक भानुृ प्रसाद आचार्यले लेखापरिक्षण व्यवसायमा केही विकृती देखिएको भन्दै त्यस्ता विकृती नियन्त्रण गर्न यो व्यवसायमा लागेका व्यक्तिहरु नै सक्रिय हुनुपर्ने बताउनुभयो । लेखापरिक्षकले स्वतन्त्र रुपमा काम गर्न नसके उनीहरुले दिने प्रतिवेदनमा सत्यता नहुने भन्दै उहाँले लेखापरिक्षणमा स्वतन्त्रता र निश्पक्षता अनिवार्य रहेको उल्लेख गनुभयो ।
उहाँले आईक्यानलाई लेखापरिक्षण व्यवसायको नियमन गर्ने मुख्य जिम्मेवारी निभाउनका लागि सफलता मिलोस् भन्दै आईक्यान समिटले व्यवसायको धरातलको मुल्यांकन गरि गन्तव्यविन्दु र बाटा पहिल्याउनुपर्ने आवश्यक्ता औल्याउनुभयो ।
सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले लेखापरिक्षकमा पनि केही विकृती देखिएको भन्दै त्यसलाई आईक्यानले समाधान गर्नुपर्ने बताउतुभयो । लेखाले नीति, योजना र बजेटलाई पनि निर्देशन गर्ने महत्वपूर्ण पक्ष भएकाले राष्ट्र निर्माण र जनताको सरोकारसँग जोड्दै जानुपर्ने र त्यसका लागी लेखापरिक्षक जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
भारतिय चाटर्ड एकाउन्टेन्ट संस्था (आईसीएआई) का काउन्सिल सदस्य भि मुरलीले लेखापरिक्षकलाई सरकार, नियामक निकाय र समाजले विश्वास गर्ने भएकाले जिम्मेवारीपूर्ण काम गर्नुपर्ने बताउनुभयो ।
आईक्यानका अध्यक्ष नरेन्द्र भट्टराईले लेखापरिक्षकप्रति जनआकांक्षा बढेको तर लेखापरिक्षण व्यवसायका प्रकृती सर्वसाधारणले नबुझ्दा समस्या भएको बताउनुभयो । लेखामान र लेखापरिक्षणमान लागू भइसकेको र नेपाल फाइनान्सियल रिपोटिङ स्ट्यान्र्डर्ड (एनएफआरएस) लागू हुने चरणमा रहेको भन्दै उहाँले समिटबाट लेखापरिक्षण क्षेत्रमा देखिएका समस्याहरुको छलफल हुने जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका प्रथम अध्यक्ष कोमल बहादुर चित्रकारलाई विषेश सम्मान गर्नुका साथै चाटर्ड एकाउन्टेन्टको विभिन्न तहका परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट ऐन २०५३ अन्र्तगत ०५३ माघ १७ गते आईक्यानको स्थापना भएको हो ।
सम्मेलनमा आईतबार लेखापरिक्षण व्यवसायका नयाँ आयाम विषयमा विभिन्न विज्ञहरुको कार्यपत्र प्रस्तुती रहनेछ ।
हाल नेपालमा चाटर्ड एकाउन्टेन्ट ७ सय ९७, दर्तावाला लेखापरिक्षक, ७ हजार २ सय ७६ जना रहेका छन् । त्यसमध्ये चाटर्ड एकाउन्टेन्ट पेशागत प्रमाणपत्र २ सय ९५, दर्तावाला लेखापरिक्षक पेशागत प्रमाणपत्र ३ हजार ४ सय १९ ले लिएका छन् । यसैगरी चाटर्ड एकाउन्टेन्ट फर्म २ सय ८२, दर्तावाल लेखापरिक्षक फर्म १ हजार ६ सय ९२, चाटर्ड एकाउन्टेन्सी शिक्षाका विद्यार्थी १५ हजार ३ सय ४, लेखा प्राविधिक शिक्षाका विद्यार्थी २ सय ८२ रहेको आईक्यानले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी विभागका रजिष्ट्रार अधिकारीद्वारा पदबहाली
नेफ्स्कूनको ५औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला
मिलिजुली साकोस प्रोवेसनमा आवद्ध
कैलालीमा उच्चस्तरीय लेखा व्यवस्थापन तालिम शुरु