शहरी क्षेत्रमा सञ्चालक मोटाए, शेयर सदस्य दुब्लाए–पौडेल


बर्दिया, माघ १९ । डिभिजन सहकारी कार्यालय बर्दियाका प्रमुख वुद्धप्रकाश पौडेलले सहकारी ऐन, विनियम र मापदण्ड समयसापेक्ष नभएकाले सहकारीका शेयर सदस्यहरुको अधिकार गुमेको र सहकारीका संचालकहरु मोटाएको बताउनुभएको छ ।
शहरी क्षेत्रका सहकारी संस्थाहरु सदस्यहरु नभई संचालकहरु मोटाउने गरेकोमा त्यसतर्फ क्रियाशील हुनुपर्नेमा उहाँको भनाई थियो ।
ऐन विपरित संचालनमा रहेका सहकारीहरुलाई नियन्त्रण गर्न निरुत्साहित पार्ने गरी जरिवाना बताउन ऐन आवश्यक भएको उहाँको भनाई थियो । तत्काल बचत तथा ऋण सहकारी ऐन निर्माण गर्न सके बचत तथा ऋण सहकारीको व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । जिल्लामा रहेका सहकारीहरुले पैसा खाएर भागे पनि व्यवस्था नहुँदा कार्यालयले केही गर्न सक्ने अधिकार नभएको उहाँले बताउनुभयो ।
सहकारी अधिकृत पौडेलले सहकारी कार्यालयलाई शसक्त बनाउन अनुगमन समितिमा रजिष्टार सहितको सहभागीतामा अनुगमन गर्ने व्यवस्था सहित प्रहरी प्रशासनलाई पनि शसक्त अधिकार दिनु पर्ने बताउनुभयो ।
बर्दियामा ८७ वटा बचत तथा ऋण, २ सय २ वटा कृषि, २० वटा उपभोक्ता गरी करिव ३ सय ४५ वटा सहकारी संस्थाहरु दर्ता भएका छन् ।
जिल्लामा रहेका सहकारी संस्थाहरु माथि अनुगमनमा तिव्रता दिईएको उहाँको भनाई थियो ।
सहकारी नियम विपरितका संस्थाहरुलाई अडित स्विकृत लगायतका सुविधा रोक्का गरिएको उहाँले बताउनुभयो।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक