नवलपरासीका ६ सय युवा स्वरोजगारतर्फ


नवलपरासी,  माघ १९। नवलपरासी जिल्लाका ६ सय युवाहरु स्वरोजगार भएका छन् । उनीहरु युवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रमबाट जिल्लामा ६०५ बेरोजगार युवा स्वरोजगार भएका हुन् ।
सचिवालयले परासीमा पत्रकार सम्मेलन आयोजना गरी युवालाई रोजगार बनाउने सरकारको नीतिअनुसार काम गरिएको जनाएको छ । जिल्लामा १८ सहकारीमा रु ६ करोड ८० लाख लगानी भएको छ । लगानी गरिएका सहकारीमार्फत सो कर्जा रकम लगानी गरिएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका उपाध्यक्ष पुण्यप्रसाद रेग्मीले बताउनुभयो । युवालाई स्वरोजगार बनाउनका निम्ती बिनाधितो दुई लाखसम्म तेस्रो किस्तामा कर्जा असुल्ने गरी लगानी गरेको उहाँले बताउनुभयो ।
कोषले १ सय ८४ पुरानै व्यवसायी र ४ सय ११ जना नयाँ व्यवसायीलाई कर्जा उपलब्ध गराएको छ ।
जिल्ला सहकारी डिभिजनका प्रमुख वासुदेव भट्टराईले जिल्लामा व्यवसायीले राम्रो गरे पनि अनुगमन नहुँदा प्रभावकारीता बुझ्न कठिन भएको बताउनुभयो । युवा तथा साना व्यवसयी स्वरोजगार कोष कार्यक्रम तथा अनुगमन समितिका जिल्ला संयोजक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले कार्यक्रम राम्रो भए पनि रकम कम भएकाले राम्रो प्रतिफल दिन नसकेको जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने