लेखाव्यवसायीहरु आर्थिक अनुशासन र सामाजिक सुशासनका लागि जिम्मेवार रहनुपर्नेमा जोड


काठमाण्डौं, माघ २० । नेपाल अडिटर्स एशोसिएशन (अडान) का अध्यक्ष मोहनराज रेग्मीले नेपाली लेखा व्यवसायको नियमन र विकासमा लेखापरीक्षकहरुको महत्वपूर्ण भूमिका रहेको बताउदै उनीहरुको पेशागत हकहित र भूमिका वृद्धि गर्न सरकार र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) संग आग्रह गर्नु भएको छ । आज काठमाण्डौं जिल्लाको तेस्रो जिल्ला परिषदको उदघाटन गर्दै उक्त कुरा बताउनु भएको हो । रेग्मीले अहिलेको जनशक्ति र लेखापरीक्षण गर्नुपर्ने निकायहरुको संख्याको आधारमा आइक्यानले लागु गर्न खोजेको एक व्यक्ति एक पेशाको नीति तत्काल लागु गर्न नसकिने भएकोले त्यसलाई अझै केही समय पर सार्न जरुरी रहेको बताउनुभयो । आइक्यानभित्र दुई वर्ग रहेको र वर्गीय अन्तरविरोध रहेको बताउदै त्यस्ता अन्तरविरोधहरुलाई हल गर्दै लेखा व्यवसायको वृद्धि र विकासमा अडान प्रतिवद्ध रहेको बताउनुभयो । लेखाव्यवसायीहरु आर्थिक अनुशासन र सामाजिक सुशासनको मार्गदर्शक भएकोले सोही अनुरुप आचरण र चरित्रको विकास जरुरी रहेको रेग्मीले बताउनुभयो ।

कार्यक्रममा अडानका संस्थापक अध्यक्ष कमल खरेल, विशेषज्ञ परामर्श समितिका संयोजक उमेश ढकाल, केन्द्रीय वरीष्ठ उपाध्यक्ष सुर्यप्रसाद अधिकारी, केन्द्रीय उपाध्यक्ष तथा आइक्यान पूर्व पार्षद कृष्ण पौडेल, केन्द्रीय उपाध्यक्ष एवम् तेस्रो राष्ट्रिय परिषद तयारी समिति संयोजक विष्णुहरि तिमल्सेना, महासचिव केदारनाथ पौडेल, उपमहासचिव तथा आइक्यान पार्षदद्वय बद्रि भट्टराई र डिपी दाहाल, आइक्यान पार्षद मोहन पराजुली, केन्द्रीय सचिव मीरा श्रेष्ठ, केन्द्रीय सचिवालय सदस्य झलकमणि लम्साल, संस्थापक जिल्ला अध्यक्ष प्रेम श्रेष्ठलगायतले बोल्नु भएको थियो ।

जिल्ला परिषदमा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विष्टले आइक्यानको काउण्सिलमा अडानका केन्द्रीय अध्यक्षलाई पदेन सदस्य, महिला दुईसहित दश जनाको प्रतिनिधित्व गराउन मांग गरेका छन । परिषदले आगामी फागुन ८ र ९ गते पोखरामा सम्पन्न हुने तेस्रो राष्ट्रिय परिषदलाई भव्य र सभ्य बनाउने निर्णयसमेत गरेको छ । परिषदमा कोषाध्यक्ष कुमार खतिवडाले प्रतिवेदन प्रस्तुत गर्दै संगठनको आर्थिक अवस्था सुदृढ बनाउने कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव कामोद झा, स्वागत सदस्य मधुसुदन भट्टराई र धन्यवाद ज्ञापन उपाध्यक्ष सुनिल आचार्यले गर्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन