साकोस समिट तयारी पूरा, सहकारीले अर्थतन्त्रमा मार्गदर्शन दिने अपेक्षा


काठमाडौं, माघ २१ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ(नेफ्स्कुन)को आयोजनमा शुक्रबारदेखि दोस्रो साकोस समिट हुने भएको छ । समिटको तयारी पूरा भएको नेफ्स्कुनले जानकारी दिएको छ ।
शुक्रबारदेखि शुरु हुने समिटको उद्घाटन उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमको प्रमुख आतिथ्यमा हुने भएको छ । समिटिको मूल नारा “एकीकृत साकोस प्रणालीः आज र पछि पनि” रहेको छ ।
देशभर अहिले ३१ हजार भन्दा बढी सहकारीहरुमा करीव ५० लाख नागरिकहरुबीच दुई सय अर्बभन्दा बढी वित्तिय कारोवार भइरहेको छ । यसले कुल ग्राहस्थ उत्पादनमा साढे तीन र वित्तिय क्षेत्रमा २० प्रतिशत योगदान दिएको छ । त्यस्तै सहकारीमार्फत ५४ हजारले प्रत्यक्ष र ७ लाखले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
नेफ्स्कुनका अध्यक्ष ऋषिराज घिमिरेले नेपाली सहकारी अर्थतन्त्रको एक सम्वाहक हुने बताउबनबुभयो । यसले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण र बहुआयामिक समावेशीकरणको आधारको रुपमा महत्वपूर्ण टेवा पु¥याउने भएकाले समग्र अर्थतन्त्रमा सहकारीले लिड गर्न सक्ने बताउनुभयो । साकोस समिटले सहकारीको विकास र सक्षमताका लागि महत्वपूर्ण सन्देश दिने विश्वास व्यक्त गर्नुभयो ।
दर्ता तथा सञ्चालनमा रहेका सहकारीमध्ये ५० प्रतिशत भन्दा बढी सहकारी बचत तथा ऋणको कारोबारमा केन्द्रित छन् । बचत सहकारीमा लागेका सदस्यहरु उत्पादनमूलक एंव व्यापारिक क्षेत्रमा क्रियाशील रहेको नेफ्स्कुनका महासचिव परितोष् पौड्यालले बताउनुभयो । सहकारी क्षेत्रको प्रभाव र महत्व नेपालमा मात्रै नभएर विश्व समुदायमै दीगो र आत्मनिर्भर समाज निर्माणको एक सशक्त आयामको रुपमा स्थापित भएको उहाँको भनाई थियो ।

समिटले बचत तथा ऋण सहकारीको प्रभावकारी नियमन, सुशासन र व्यवस्थापनका लागि छुट्टै बचत तथा ऋण सहकारी ऐनलगायत प्रभावकारी कानून तथा नियमहरुको तर्जुमा सघाउ पु¥याउन, सहकारी क्षेत्रलाई स्वशासित सुशासित, अनुशासित, मर्यादित र व्यापक बनाउनका लागि संस्थागत तथा वित्तिय विधि, प्रविधि र उत्तम अभ्यासहरुको अनुशरण र स्थानीयकरण गर्न थप सघाउ पुग्ने नेफ्स्कुनका सञ्चालक एंव सूचना तथा संचार संयोजक कृष्ण पौडेलले बताउनुभयो ।

सहकारीहरुको बढदो संख्या, अस्वस्थ प्रतिस्पर्धा, व्याजदर लगायत विभिन्न क्षेत्रमा अनेकरुपता र सर्वसाधारणको शेयर तथा बचतको सुरक्षणका लागि सहकारीहरुवीच नीतिगत केन्द्रीयता र सञ्चालन स्वायत्तताको अवधारणासहित साकोस एकीकृत प्रणाली र सोही अनुरुपका नीति, विधि र अभ्यासहरु लागु गर्ने तयारीमा नेफ्स्कुन क्रियाशील रहेको र समिटले यस्ता क्रियाकलापमा थप टेवा दिने बताउनुभयो ।
दुई दिन हुने समिटमा विभिन्न चरण र समूहमा छलफलमा हुने छ । नेपालको साकोस अभियान, एकीकृत साकोस प्रणाली र आगामी रुपरेखा, साकोसको संस्थागत विकासः स्तरीकरण र गुणस्तरीय सुनिश्चितता, समुदायको आर्थिक उन्नतिमा साकोसमार्फत वित्तिय समावेशीकरण र युवा महिला सशक्तीकरणका मुद्धाहरु, साकोसमा सुशासन र आन्तरिक नियन्त्रण प्रणाली, साकोस एकीकरणः सम्भावनाहरु र अभियानको आवश्यकता महशुस विषयमा छलफल हुने छ । त्यस्तै समुदायको विद्युतीय वित्तिय पहुंच अभिवृद्धिमा प्रविधिको विकास र अवलम्वन, बचत तथा ऋण सहकारीमा नेटवर्क व्यवस्थापन, वित्तिय साक्षरता वित्तिय पहुंचको लागि औजार, कृषिवित्त र उद्यमशिलताः साकोसहरुमा सम्भावना विषयक कार्यपत्रहरु प्रस्तुतीकरण रहने छन् ।
समिटले प्रतिवद्धता र मांगसहितको साझा घोषणापत्र जारी गर्नेछ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने