कृषि सहकारी पनि बित्तीय व्यवस्थापनतर्फ लाग्दै


काठमाडौं,माघ २१ । कृषि सहकारी केन्द्रिय संघले बित्तीय व्यवस्थापनमा जोड दिएको छ । बित्तीय व्यवस्थापनबिना कृषि गतिविधि अघि बढाउन नसकिने भन्दै संघले बित्तीय व्यवस्थापन तथा प्रशिक्षक प्रशिक्षण कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाले सहकारीको सञ्जाल एंव यसले अर्थतन्त्रमा दिएको योगदान, डा. राजेन्द्र अधिकारीले कृषि बजारीकरणमा सहकारीको भूमिका, राष्ट्र बैंकका कार्यकारी निर्देशक मीनबहादुर श्रेष्ठले मूल्य श्रृंखला र बित्तीय सिद्वान्त कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेम पाठकले निर्वाहमुखी कृषिको व्यवसायिक रुपान्तरण विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै सो अवसरमा जापनाका हिरोसी तेरुनु, कोरियाका जेमिबन पार्क, वाङ दु इन्डिया, भारतका नविन्द्र ज्ञाननाथ, मिस मारिया, टाकियासी ओनीले पनि प्रशिक्षण दिनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान
कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन
नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान