हाम्रो सहकारीले तीन करोड शेयर पूँजी पु¥याउने लक्ष्य


काठमाडौं, माघ २१ । काठमाण्डौ, ललितपुर, काभ्रे र भक्तपुरका नौ वटा सहकारी संस्था एककृत भइ बनेको हाम्रो सगरमाथा बहुउद्धेश्यीय सहकारी संस्था लि. को एकीकरण पछिको पहिलो साधारण सभा सम्पन्न भएको छ । सहकारीको साधारण सभा संस्थाका अध्यक्ष केबी उप्रेती को अध्यक्षतामा मंगलबार प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको छ ।
सो कार्यक्रमको समुद्घाटन् संविधान सभाका सभाध्यक्ष सुभाष चन्द्र नेम्वाङले गर्नुभएको थियो । उक्त साधारणसभामा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडाल, राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्री, सहकारी विभागका रजिष्टार विष्णुहरी पौडेल लगाएतका विशिष्ट अतिथिहरुबाट शुभकामना मनतब्य प्रदान गर्नु भएको थियो । सो अवसरमा संस्थाले आगामी आर्थिक बर्षमा शेयर पूँजी रु. २० करोड पुर्याउने र कुल कारोबार ३ अरब पुर्याउने लक्ष्य रहेको जानकारी गराइयो ।
संस्थाले हाल चार जिल्लामा गरी १५ वटा सेवाकेन्द्र मार्फत पूर्ण कम्प्युटराइज्ड प्रविधिवाट अन्तर सेवाकेन्द्र कारोबार गर्न सकिने व्यवस्था समेत गरेको छ । सो अवसरमा शेयर सदस्यहरुलाई बचतमा उचित प्रतिफल प्रदान गरि सुलभ कर्जा सम्बन्धि सम्पूर्ण कारोबार गर्नसकिने ब्यवस्था भएको जानकारी समेत गराइएको थियो । साथै संस्थाले आगामी दिनमा बचत तथा कर्जा लगानीमा मात्र ध्यान नदिई उत्पादनमुलक उधोगको स्थापना गर्ने र लघुवित्त सम्बन्धि कार्यक्रम संचालन गरी उत्पादन र रोजगारीलाई प्रवद्र्धन गरिने समेत जनाइएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनचेतना साकोस नवलपुरको संस्थागत विकास तालिम
दोलखाका तीन साकोसबीच एकीकरण
खुसी खुसी साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न
चन्द्रागिरि साकोसको शुभतारा सेवाकेन्द्र उद्घाटन