साकोस समिट र एकीकृत साकोस प्रणाली


परितोष पौड्याल
नेपाल बचत तथा ऋण केन्द्रिय संघ(नेफ्स्कुन) यतिवेला दोश्रो साकोस समिटमा जुटेको छ । विगतको विश्लेषण गर्दै आगतको दिशानिर्देश गर्न समाज विज्ञानमा वित्तिय सहकारी समाज परिवर्तनको केन्द्र हो । यसकै कारणले मानिसकका गुणस्तरिय जीवन सम्भव छ । मानव जीवनमा आर्थिक क्षेत्रको सुदृढीकरण सामाजिक र सास्कृतिक उत्थानवाटमात्र सम्भव छ । राजनीति र संस्कृतिको एकीकरणविना आर्थिक समृद्धि सम्भव छैन, एकताविना उत्कर्ष सम्भव छैन ।
मानव जातिकोबीचमा एकता, भातृत्व र विकासका लागि मानविकीकरण र सामाजिकीकरण जस्ता विषयलाई भावनामा मात्रै होइन कार्यशैलिमै ल्याउन विभिन्न प्रविधिहरु वा समाधानहरुको विकास गरिदैछ ।
समृद्ध मुलुकको कल्पना गरिरहदा वित्तिय स्वरुपको सन्जानिलकरणको माध्यमले सदस्य सदस्य, संस्था संस्था र राष्ट्रको एकिकरण आवस्यक छ । यो एकिकरणको साधन सहकारीनै हो । मर्यादीत जीवन, श्रेष्ठ जीवन मुल्य र उत्कृष्ट नागरिक स्थापनार्थ राष्ट्रका सवै नीधिहरुले परिवर्तनलाई आत्मसाथ गर्नु पर्र्दछ । परिवर्तनको लक्ष्य अथवा साध्यपनि व्यक्ति, परिवर्तनको साधन अथवा माध्यम पनि व्यक्ति हो । व्यक्तिमा परिवर्तन ल्यायौं भने समाजमा परिवर्तन ल्याउँन सक्छौ र समाजमा परिवर्तन ल्यायांैभने राष्ट्रमा परिवर्तन ल्याउन सक्छौंै । पुँजीवाद उन्मुख समाजमा नागरिकको जीवनमा पुँजीवादी सोच विकास र पुँजीको स्तरमा वृद्धि र परिवर्तन ल्याउन हरेक नागरिकलाइ सम्पुर्ण वित्तिय समाधान उपलब्ध गराउन राज्य उत्तरदायी हुनु पर्दछ ।

यही पुँजीकरणको विकासका लागि नागरिकहरले आपसि सहयोगको माध्यमवाट स्वतःस्फूत रुपमा वित्तीय सहकारीको स्थापना गरेर गर्ने गर्दछन । सदस्यहरुलाई वित्तिय स्वतन्त्रता, आत्मनिर्भर र स्वाधिनता प्राप्तीका लागि सहयोग पु¥याउने, सदस्यहरुलाई उनीहरुको पैसा व्यवस्थापन र धन सृजना गर्ने, नागरिकहरुलाई स्वीकार योग्य अन्य सम्पुर्ण वित्तिय समाधान दिन वित्तीय सहकारीको सञ्चालन, व्यवस्थापन र विकास गर्ने अभ्यास विश्वव्यापि छ । यो अभ्यास देशहरुको विशिष्टतामा देखिने राजनीतिक स्थिति, नागरिकहरुको सामाजिक तथा आर्थिक अवस्था, प्रविधीको आन्तरिकीकरण र प्रयोग, वित्तिय संस्थाहरुका प्रवर्दन र विकास, जनसंख्या र वित्तिय संघ संस्था संग मानिसहरुको कारोबार गर्ने बानी,बजारमा उपलब्ध लगानीका अवसर तथा क्षेत्रहरु र व्यवसायको वित्तिय विकासको दर आदिले नेपालको बित्तबजारमा प्रभाव जमाइरहेका छन ।
प्रतिस्पर्धी वित्त वजारमा वित्तिय सहकारीहरुले प्रतिस्पर्धात्मक स्थान हासिल गर्न जरुरी छ ।

वचत तथा ऋण सहकारीको वृद्धि र विकासको लागि वित्त वजारमा नवप्रवर्तन, उत्पादन र सेवाको गुणस्तर तथा सेवाको अनुभवका आधारमा विश्व मानचित्र (खासगरि द.कोरिया र क्यानडा)मा एकिकृत साकोस प्रणालीको सफलताले मानव विकास सुचांकमा नयाँ आयाम ल्याएको छ । सहकारी सिद्धान्त सहकारी सहकारी वीच सहयोग र आधार मुल्य ऐक्यवद्धताको जगको पृष्टभूमीमा साकोसहरुको संस्थागत विकासलाई एउटा मापदण्डमा पु¥याउन विश्वमा देखिएका यी उच्चतम प्रविधि र उत्तम अभ्यासको माध्यमवाट व्यवस्थापन गर्न एकिकृत साकोसको प्रणालीको अहम भूमिका रहेको छ । एकिकृत प्रणालीको विस्तारित स्वरुप विश्व ऋण परिषदको सृखलामा एसियाली ऋण महासंघ मार्फत नेफ्स्कून हुँदै यसको विस्तार प्रारम्भिक साकोससम्म पुग्दै छ । खासगरि वित्त विकास, वचत तथा ऋणको लगानीमा व्याज अन्तर, मुल्य निर्धारण, सन्चालका सिद्धान्तहरुको अवलम्वन, साकोसको प्रभावकारीताको अनुपातिक वित्तिय वृद्धि सुचांक, पुँजी निर्माण, कार्यदक्षता र वित्तिय कार्यसम्पादनमा एकिकृत प्रणालीको विकास एकिकृत साकोस प्रणालीका आधारभूत विषयहरु हुन । जोखिम व्यवस्थापनमा ऋण गुणस्तर ः व्याजदर, तरलता, कारोवार, कानूनी प्रावधान, प्रतिफलको दर, रणनीतिक निक्षेपण, छवि निमाणको विषयमा यो प्रणालीले सयुक्त कार्यसम्पादन गर्दछ ।

सदस्यहरुनै संस्थाको पुँजी हुन उनिहरुको जीवनस्तर उकास्न प्रविधिको हस्तान्तरण गर्ने जस्तो ः वित्तिय साक्षरता, कृर्षि वित्ति, लघुवित्त, वित्तिय परामर्ष, व्यवसाय विकास केन्द्र वित्तिय क्षेत्रका अतिरिक्त सामाजिक शिक्षा, स्वास्थ्य, रोजगार, खाद्य संप्रभुक्ता, आवास र आत्म सम्मान जस्ता विषय र साकोस संस्कृतिको निर्माणको साकोसहरुको सन्जालीकरण आवस्यक हन्छ । सन्जालिकरणमा सुशासन र सन्चालनका लागि चारवटा पक्षहरु ः शुसासन र स्व अनुशासन, सन्चालनमा गुणस्तरियता, श्रोत तथा साधन संकलन र वाँडफाँड र करारिय ऐक्यवद्धता हुन । यो प्रणालीमा प्रारम्भिक संस्था अर्थात साकोहरु केन्द्रिय संघमा मात्र आवद्ध रहन्छन र स्थानिय स्तरमा आवस्यकता, प्रभाव तथा न्यूनतम मापदण्डको आधारमा जिल्ला समितिहरु वन्दछन । त्यसैगरि यो विधिमा नीतिगत सर्वोच्चता केन्द्रिय संघको र कार्यकारीणी स्वाधिनता जिल्ला समितिको स्थापना गरिन्छ । यी जिल्ला समितिहरु निर्वाचित वा मनोनित हुन्छन यही समितिको माध्यम हुदै केन्द्रिय प्रतिनीधिको छनौट गरिन्छ । एकिकृत साकोस प्रणालीको यही सन्देशलाई संस्थागत गर्न र आगामि दिनहरुमा साकोसको वृद्धि र विकासको रुपरेखा तयार गर्न यो समिट केन्द्रित हुदै छ । (पौड्याल नेफस्कुनको महासचिव हुनुहुन्छ )


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक