साकोस समिटले एउटा महत्वपूर्ण सन्देश दिने छ


ऋषिराज घिमिरे
अध्यक्ष–नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ(नेफ्स्कुन)
१ साकोस समिटको तयारी के भइरहेको छ ?
यतिबेला दोस्रो साकोस समिटको अन्तिम तयारीमा जुटेका छौं । समिटमा प्रस्तुत हुने कार्यपत्रहरु आइसकेका छन् । केही अंग्रेजीमा आएका कार्यपत्र नेपालीमा अनुबाद गर्ने काम पनि सकिएको छ । त्यस्तै सबै स्रोत व्यक्ति फिक्स भइसकेको छ । समिटमा ४ सय ८६ जना सहभागी हुने पनि निश्चित भइसकेको छ । एकदुईजना तलमाथि हुने छुट्टै कुरा हो । विदेशी स्रोत व्यक्ति काठमाडौंमा आइसक्नुभएको छ भने सहभागीहरु प्नि काठमाडौं आउने क्रम शुरु भइसकेको छ ।
२ दोस्रोपटक साकोस समिट गर्दै हुनुहुन्छ, यसको अपेक्षा के ?
पहिलो साकोस समिटमा हाम्रो पहिलो अनुभव थियो । पहिलो समिटभन्दा यसपटक गरिने साकोस समिटको थिम केही फरक छ । पहिलो समिटमा साकोसः बर्तमान र भविष्य भन्ने थिम राखेका थियौं भने अब हामीले एकीकृत प्रणालीमा जोड दिएका छौं । दोस्रो साकोस समिटको मेन थिम ‘एकीकृत साकोस प्रणालीतर्फः आज र पछि पनि….’ भन्ने रहेको छ । नीतिगत, कार्यगत स्वायत्तता हुनुपर्छ भन्ने हाम्रो सोच हो सहकारीले आफ्नै कार्यसञ्चालन आफै गर्न पाउनुपर्छ तर बित्तीय कारोबार गर्ने सहकारी बित्तीय अनुशासनमा बस्नु जरुरी छ । यदी कोही नियमविपरित चलेका छन् भने केन्द्रले भएन भन्न सक्नुपर्छ । हामी त्यसैको अभ्यासमा लागेका छौं । साकोस समिटले एउटा महत्वपूर्ण सन्देश दिने छ । हामीले विनियम संशोधन गरेर विभागमा समेत यस कार्यका लागि पठाइसकेका छौं ।

साकोस समिटमा कृषिको वित्तीय प्रणाली, कर सम्बन्धी लगायत प्रस्तुती हुने छन् । त्यस्तै अब सहकारी एकीकरण प्रणालीमा जानुपर्ने बेला आएको छ । अष्ट्रेलियन स्रोत व्यक्तिले एकीकरणका समस्या र फाइदाबारे कार्यपत्र प्रस्तुत गर्नु हुनेछ । त्यस्तै जोखिम न्यूनिकरणमा के के गर्न सकिन्छ भन्ने कुरामा छलफल हुनेछ । हाम्रो मुख्य अपेक्षा भनेको नेफ्स्कुनका परिवार एक शत्रुमा बाँधिनुपर्छ भन्ने हो । सफ्टवेयरसम्म एकरुपता, लोगोमा एकरुपता, नीति, विनियममा एकरुपता, सम्भव भएसम्म ब्याजदरमा पनि एउटै, लगानीका विधिहरु पनि एउटै, बोर्डको कलर र साइजमा पनि एउटै बनाउने हाम्रो ध्येय हो । अनुगमनमा कोही जादाँ नेफ्स्कुनका सदस्य हुन्, यी संस्थामा समस्या हुदैँन भन्ने देखियोस्, हामी समाजमा जादाँ उच्च छबी बनाएर जान सकौै भन्ने साकोस समिटले सन्देश दिने छ । छरिएर एउटै टोलमा १०, २० वटा बस्न हुदैँन । एकीकरण पनि गर्दै जानुपर्छ भन्ने सन्देश पनि दिन खोजेका छौं ।
३ सहकारी स्वनियमनमा चल्नुपर्ने संस्था भएपनि किन समस्या बढीरहेको छ ?
राज्य पनि लाग्ने हो र हामी पनि त्यसतर्फ क्रियाशील हुने
हो भने सहकारीका समस्या निराकरण गर्न धेरै समय लाग्दैन् । अब केही मापदण्ड बनाएर सहकारी एकीकरण गर्न एकदमै आवश्यक छ । बित्तीय संस्था भएकाले सही ढंगले सञ्चालन गर्नका लागि मर्जमा जोड दिनुपर्छ । सहकारीले सर्वसाधारणको एक पैसा पनि खान मिल्दैन् । अहिले १३ अर्ब सर्वसधारणले आफ्नो निक्षेप नपाईरहेको अवस्था छ । त्यतिमात्र होइन अझै बेलैमा यसतर्फ सोच्न सकिएन, कदम चाल्न सकिएन भने १३ खर्ब पनि डुब्न सक्छ । सुरक्षित हुनका लागि अब सहकारीले औजार प्रयोग गर्नुपर्छ । स्वशासितसँगै स्वअनुशाति हुनुपर्छ । साकोस समिटपछि हामी एकीकरणतर्फ विशेष जोड दिने छौं । एकीकरण सजिलो छैन् पनि किनभने सबै सुशासनमा बसेका हुदैँनन् । सुशासनमा रहेको र नरहेको संस्था गाझ्न अप्थेरो हुन्छ । ऋण लगानी, भाका नाघेको, जखेडा कोषमा व्यापक फरक रहेको हुन सक्छ । अर्को जुँगाको लडाई । एकीकरणपछि पद खुस्किने डरले एकीकरणमा जान नमान्ने धेरै उदाहरणहरु छन् । अहिले पनि एकीकरण भइरहेका छन् भोलीका दिनमा एकीकरणमा समस्या रहेपनि गृहकार्य गरेर एकीकरण गर्न सकिन्छ । कतिपय जिन्दगीभरी अध्यक्ष बन्छु भन्ने सोचेका पनि हुन्छन् । शिक्षाको माध्यमबाट यी क्षेत्रमा जोड दिने छौं । मर्जरबिना युनिफिकेशन संभव हुदैँन् ।
४ साकोस समिटपछि सहकारी एकीकरणलाई विशेष दिने तपाईहरुको लक्ष्य हो ?
पहिलो कुरा त मर्जरमा जानैपर्छ । अहिले १४ हजार बढी बित्तीय कारोबार गर्ने सहकारी छन् । सरकारसँग पनि ठ्याक्कै तथ्यांक छैन् । कतिपय सहकारी झोलामा छन्, कति निश्क्रिय छन् । शुसासनमा सहकारी रामै्र लागिपरेका छन् । केही अन्जानमा र कतिपय जानाजानबाट सहकारीमा समस्या आएको छ । साकोस समिटलगत्तै ओरियन्टेसनमा लाग्छौं । अब हाम्रो ऐन पारित गर्नका लागि भूमिका निर्वाह हुनेछ । ऐनको मस्यौदा दिइसकेका छौं । सरकारले आवश्यक परिमार्जन गरेर ऐन पारित गर्ने अपेक्षा छ । त्यसपछि टुल्र्स निर्माण गर्छौ । राष्ट्रबैंक जत्तिकै सहकारीले पनि कारोबार गर्न थालेका छन् । राष्ट्र बैंकको सहकार्यमा समेत टुल्र्स निर्माण गर्नुपर्छ । निरीक्षणमा जादाँ के के हेर्ने भन्ने मापदण्ड बनाउनुपर्छ । खाली दिमाग मात्र लिएर जादाँ अनुगमन प्रभावकारी हुदैंन । लगानी गर्ने तरिका, ऋण उठाउने तरिका, सदस्य बढाउने तरिकागायतमा गाईडलाइन बनाउनुपर्छ । न कि हस्ताक्षर गरे नगरेको मात्र हेरेर पुग्दैन् । राष्ट्र बैंकसँग बसेर छिट्टै टुल्र्स निर्माण गर्ने हाम्रो सोच छ ।
साकोस समिटका सहभागीले के सन्देश लिएर आफ्नो क्षेत्र फकनर््छन्, अब बचत तथा ऋण सहकारी कतातिर मोडिन्छ त ?
साकोस समिटका सहभगीहरुले केही शैद्वान्तिक कुराहरु सिकेर जानेछन् र आफ्नो संस्थामा तत्काल लागु गर्ने छन् । अझ परिष्कृट गर्न हामीले फिल्डमै गएर उनीहरुलाई सिकाउनुपर्छ । कतिपय कुराहरु हामीले पनि जानेका हुदैनौं । बाहिरबाट आउने प्रशिक्षकबाट नयाँ कुरा सिक्दै यहाँ लागु गर्ने हो । एकीकरण, जोखिम न्यूनिकरण लगायतमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरा नेफ्स्कुन एंव साकोस अभियान्ताहरुले सिक्नेछन् । सहभागीहरुले यहाँ सिकेको कुरा आफ्नो वरीपरीको क्षेत्रमा पनि ज्ञान बाड्नुहुनेछ । सहकारीका देखिएका जोखिमहरु हट्ने छन् भन्ने मैले अपेक्षा लिएको छु ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक