सहकारीहरुको दर्ता रोकेर एकीकरणमा जानुपर्ने गर्भनर डा. युवराज खतिवडाको भनाई


IMG_5994काठमाण्डौ,  माघ २४  नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले सहकारीहरुको दर्ता प्रक्रिया रोकेर मर्जरमा जानुपर्ने बताउनुभएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा भई रहेको दोस्रो साकोस शिखर गोष्ठिको अवसरमा बोल्दै खतिवडाले सहकारीहरु दर्ता नरोक्दासम्म मर्जर अभियान सफल नहुने बताउनुभयो । एकातिर दर्ता गरिरहने र अर्कोतिर मर्जरको कुरा गर्दा यो अभियान सफल नहुने भएकोले राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्था दर्ता बन्द गरेर मर्जरमा गएकोले सहकारीमा पनि त्यो प्रक्रियालाई अनुशरण गर्नुपर्दछ । दर्ता खुला राखेर एकीकरणको कुरा गरिरहदा खाल्डो खन्ने र पुर्ने काम भई रहेको खतिवडाले बताउनुभयो । अहिले बैक तथा वित्तिय संस्थाहरु धेरै तर सेवा थोरै भई रहेको जस्तै सहकारीमा पनि त्यही अवस्था रहेको बताउदै खतिवडाले थोरै संस्था र प्रभावकारी सेवाका लागि गम्भिर हुन सहकारीकर्मीहरुलाई आग्रह गर्नुभयो ।
१५ प्रतिशत हिस्सा भएको सहकारी क्षेत्र हल्लिदा अर्थतन्त्रमा गम्भिर समस्या पर्ने भएकोले सहकारी अभियन्ताहरु गम्भिर हुन जोड दिनु भयो । सहकारीको नियामक निकायको रुपमा नेपाल राष्ट्र बैंक नभएपनि सहकारीका कारण अर्थतन्त्रमा समस्या आउदा नेपाल राष्ट्र बैंकलाई पनि गम्भिर चुनौति हुने भएकोले सहकारीको नियमनका लागि आफुहरुको ध्यानाकर्षण भएको बताउनुभयो । खतिवडाले सहकारी क्षेत्रको नियमनका लागि स्थायी र शक्तिशाली निकाय आवश्यक रहेको बताउदै यसका लागि राज्य गम्भिर हुनुपर्ने बताउनु भयो ।

IMG_6064
सहकारीहरु समुदायमा आधारित हुनुपर्नेमा व्यक्तिकेन्द्रीत हुदै गएकोमा चिन्ता गर्दै खतिवडालेसंस्थाहरु एकीकरण मात्रै होइन रुपान्तरणको पनि जरुरी रहेको बताउनुभयो । सहकारी समुदायमा आधारित हुनुपर्ने भएपनि सीमित व्यक्तिहरुले बैंक सरह चलाउने प्रवृत्ति रहेको बताउनुभयो ।
खतिवडाले नयां घोषणा भएका नगरपालिकाहरुको पूर्वाधार विकास नभई सकेकोले गाविससरह नै कर यथावत रहनुपर्ने बताउनुभयो ।
समिटमा कार्यपत्र प्रस्तुत गर्दै अष्ट्रेलियन सहकारीविद वर्थिङटन मार्कले सहकारीको सेवा विस्तार र प्रभाावकारिताका लागि एकीकरण अत्यावश्यक भएको बताउनुभयो । नेपालको सहकारी अभियानले महत्वपूर्ण योगदान गरिरहेको बताउदै यसको व्यवस्थापनका लागि एकीकरण अभियानमा जान अनिवार्य रहेको बताउनुभयो ।
मुलुकभरका सहकारी अभियन्ताहरु, सरकारी तथा सरोकार निकायका प्रतिनिधिहरु र विदेशी पाहुनाहरु गरी पांच सयको सहभागिता रहेको र आज समापन हुने दोस्रो साकोस समिटले साझा घोषणापत्र जारी गर्ने सूचना तथा सञ्चार संयोजक कृष्ण पौडेलले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक