सहकारीमार्फत दूधमा आत्मनिर्भर बनाउन कृषि मन्त्रीको जोड


चितवन, माघ २४ । कृषिमन्त्री हरिप्रसाद पराजुलीले सहकारीमार्फत दूधमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ । सहकारीले उत्पादनक्षेत्रमा क्रियाशील हुन सके छिट्टै दूधमा आत्मनिर्भर हुन सक्ने बताउनुभयो ।
गौरीगञ्ज दुग्ध सहकारी संस्थाको भरतपुरको २६औं वार्षिकोत्सवका अवसरमा मन्त्री पराजुलीले सरहकारी र नीजि क्षेत्रको क्रियाशिलतामा तीन वर्ष भित्रमा नेपाललाई दूधमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । ्सरकारले नेपाललाई दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउनको लागि १३ वटा जिल्लालाई पकेट क्षेत्रको रुपमा घोषणा गरेको बताउनुभयो । हाल एक जना नेपालीले वार्षिक रुपमा ५७ लिटर दूध पिउंदै आएका र अबको दुई वर्षमा प्रति व्यक्ति प्रतिवर्ष ९१ लिटर दूध पिउने वातावरण बनाउन सरकार लागि परेको मन्त्री पराजुलीले बताए । सरकारले अबको पांच वर्षमा नेपाललाई मासु र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने तयारीमा काम सुरु गरेको पराजुलीले बताउनुभयो ।
‘१० वर्षमा कृषि क्षेत्रमा नेपाललाई पूर्ण आत्म निर्भर गराउने तरीकाले हामीले काम गर्दैछौं’, मन्त्री पराजुलीले भने, ‘सन् २०१५ सम्ममा भोकमरी र कुपोषणको अन्त्य गर्ने सरकारले घोषणा गरेको छ ।’ नेपालमा वार्षिक रुपमा पांच अर्ब रुपैयांको तेल आयात गरिएको बताउंदै मन्त्री पराजुलीले सरकारले नेपाललाई तेलमा आत्मनिर्भर बनाउनको लागि ४२ जिल्लामा भटमास खेति गर्न लगाउने बताउनुभयो । नेपाल सरकारले १० हजार युवालाई व्यवसायिक कृषिको लागि अनुदान दिने भनेकोमा १९ हजार छ सय २४ जनाको आवदेद परेको र सबैलाई अनुदान दिने तयारीमा सरकार रहेको पराजुलीले बताए । यसैबीच गौरीगञ्ज दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडले गोवर परिक्षण गर्ने ल्याव शुक्रवार देखि सञ्चालनमा ल्याएको छ ।
दैनिक २ हजार लिटर दुध संकलन गर्दै आइहेको सहकारीले निशुल्क गोवर परिक्षण गर्न मिल्ने गरी १ लाखको लगानीमा ल्याव सञ्चालनमा ल्याएको हो । ४६ साल माघमा स्थापना भएको सहकारीले सुरुमा दैनिक ८ लिटर मात्रै दुध संकलन गर्ने गर्दथ्यो । ल्याव विहान ९ बजेसम्म सञ्चालन हुने जनाइएको छ । सहजरुपमा गाईभैसीको रोग पहिचान गर्न ल्याव सञ्चालनमा ल्याइएको व्यवस्थापक ऋषिराम शर्मा भण्डारीले जानकारी दिएका छन् । दुध चिस्याउने यन्त्र चिलिङ भ्याट समेत आफ्नै स्वामित्वमा रहेको सहकारीले कृत्रिम गर्भाधान सेवा समेत दिदै आएको संस्थाका अध्यक्ष जगन्नाथ कडेलले बताए ।
गौरीगञ्ज दुग्ध सहकारी संस्थाको शुक्रबार सम्पन्न २६ औं वाषिकोत्सव एवम् पशुधन सुरक्षण समुद्घाटन कार्यक्रममा चितवन क्षेत्र नम्बर ४ का सभासद् रामकृष्ण घिमिरे, नेपाली काग्रेस चितवनका सभापति टेकप्रसाद गुरुड।, नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियालगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष जगन्नाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तोयानाथ पन्तले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका व्यवस्थापक ऋषिराम शर्मा भण्डारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनचेतना साकोस नवलपुरको संस्थागत विकास तालिम
दोलखाका तीन साकोसबीच एकीकरण
खुसी खुसी साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न
चन्द्रागिरि साकोसको शुभतारा सेवाकेन्द्र उद्घाटन