छुट्टै बचत तथा ऋण सहकारी ऐन माग गर्र्दै ११ बुंदे घोषणापत्र जारी गर्दै दोस्रो साकोस समिट सम्पन्न


IMG_5223 काठमाण्डौ, २४ माघ । नेपालको बचत तथा ऋण सहकारी अभियानको संस्थागत विकास, उपलव्धि रक्षा तथा विद्यमान जोखिम र चुनौतिहरुको व्यवस्थापनका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा आयोजित दुई दिने साकोस शिखर गोष्ठि सम्पन्न भएको छ ।

“एकीकृत साकोस प्रणालीतर्फः आज र पछि पनि…..” भन्ने मूलनाराका साथ सम्पन्न समिटले बचत तथा ऋण सहकारीको सुशासन, नियमन, जोखिम व्यवस्थापन र विस्तारका लागि छुट्टै बचत तथा ऋण सहकारी ऐनको माग गरेको छ । साकोस अभियानलाई एकीकृत साकोस प्रणालीमार्फत एकीकृत, गुणात्मक र सशक्त बनाउदै गरीवी न्युनकिरणका लागि सामाजिक एकता कायम गरी समृद्ध, स्वावलम्वी र आत्मनिर्भर नेपाल निर्माणका लागि उच्च संकल्प र प्रतिवद्धता गोष्ठिले जाहेर गरेको छ ।

नेपालको सहकारी अभियानमा क्रियाशिल संख्याको हिसावले आधा, कारोवार र प्रभावका हिसावले दुई तिहाई बढी प्रभाव रहेको बचत तथा ऋण सहकारी क्षेत्रभित्र देखिएका विकृति र चुनौतिहरुलाई समाधान गर्नका लागि पल्र्सलगायत उन्नत विधि र प्रविधिको प्रयोग, तरलता व्यवस्थापन, लगानीलाई कृषि तथा उत्पादनमुखी परियोजनाकेन्द्रीत बनाउने र सहकारीलाई गरीव तथा सीमान्तीकृत समुदाय विशेषतः युवा महिलाहरुवीच विस्तार गर्ने प्रतिवद्धता घोषणापत्रमा उल्लेख गरिएको छ ।

बचत तथा ऋण सहकारी अभियानलाई समुदायमा आधारित एवम् सदस्यकेन्द्रीत, अनुशासित एवम् मर्यादित बित्तीय एवम् सामाजिक संस्थाको रुपमा प्रत्याभूत गर्न नेफ्स्कूनको अगुवाईमा सञ्चालित कार्यक्रम र सञ्जालमा अनिवार्य सहभागी हुने प्रतिवद्धता जाहेर गरेको छ । बचत तथा ऋण सहकारीमा रणनीतिक योजनाको अभ्यास, गुणस्तर प्रवद्र्धन र स्तरीयकरणका लागि जोखिममा आधारित अनुगमन, प्रोवेशन (राष्ट्रिय मापदण्ड), अन्तरराष्ट्रिय मापदण्ड (एक्सेस) ब्राण्डिङलगायतका कार्यक्रमहरुलाई आधारभूत तहमा पुर्याई सीप र प्रविधिलाई स्थानीयकरण गर्ने प्रतिवद्धता घोषणापत्रमा रहेको छ ।

सहकारीको सक्षमताका लागि एकीकरण र सोको प्रवद्र्धनमार्फत गुणस्तरीयतामा ध्यान दिने, संस्थागत सुशासन कायम गर्ने, नीति तथा कार्यविधिहरुको विकास तथा आन्तरिक नियन्त्रणलाई प्रभावकारी बनाउने प्रतिवद्धतासमेत घोषणापत्रमा समेटिएको छ ।

नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेको अध्यक्षतामा सम्पन्न दोस्रो साकोस शिखर गोष्ठिमा दश वटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । मुलुकभरका सहकारी अभियन्ताहरु, विदेशी पाहुनाहरु, सरकारी तथा सरोकारवाला निकायका ५ सय भन्दा बढी सहभागीहरुको उपस्थित रहेको गोष्ठीमा १० वटा कार्यपत्रहरु प्रस्तुत र छलफल गरी साझा घोषणापत्र जारी गरिएको नेफ्स्कून सूचना तथा सञ्चार संयोजक कृष्ण पौडेलले बताउनुभयो ।

नेपालको साकोस अभियान, एकीकृत साकोस प्रणाली र आगामी रुपरेखा, साकोसको संस्थागत विकासः स्तरीकरण र गुणस्तरीय सुनिश्चितता विषयमा कार्यपत्र प्रस्तुत र छलफल गरिएको थियो । त्यसैगरी समुदायको आर्थिक उन्नतिमा साकोसमार्फत वित्तिय समावेशीकरण र युवा महिला सशक्तीकरणका मुद्धाहरु, साकोसमा सुशासन र आन्तरिक नियन्त्रण प्रणाली, साकोस एकीकरणः सम्भावनाहरु र अभियानको आवश्यकता महशुश रहेका छन । त्यसैगरी समुदायको विद्युतीय वित्तिय पहुंच अभिवृद्धिमा प्रविधिको विकास र अवलम्वन, बचत तथा ऋण सहकारीमा नेटवर्क व्यवस्थापन, वित्तिय साक्षरता वित्तिय पहुंचको लागि औजार, कृषिवित्त र उद्यमशिलताः साकोसहरुमा सम्भावना लगायतका विषयमा कार्यपत्र प्रस्तुती र छलफल भएको थियो ।

यस्तो छ, ११ बुँदे घोषणापत्र

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा २०७१ माघ २३ र २४ गते होटेल हायत काठमाण्डौंमा आयोजित यस दोश्रो साकोस शिखर गोष्ठीमा प्रस्तुत विषयहरुमा भएको गहन छलफलबाट नेपालको साकोस अभियानलाई सशक्त, एकिकृत र गुणात्मक बनाउनमा महत्वपूर्ण योगदान पुग्ने कुरामा विश्वस्त हँुदै संस्थाको मूल उद्देश्य अनुरुप आप्mना सदस्यहरुलाई वचत परिचालन मार्फत वित्तीय गन्तव्यमा पु¥याउन तथा जीवनस्तर उकास्न जागरण, प्रवद्र्धन, सम्वद्र्धन र सुदृढीकरण गर्न एक आपसमा मिलेर अघि बढ्दै हामी सहभागी अभियन्ताहरु साकोसमार्पmत गरीवी न्यूनीकरण, सामाजिक एकता एवम् सद्भाव र स्वरोजगारी सिर्जना गरी समृद्ध, स्वावलम्वी र आत्मनिर्भर मुलुक निर्माणका लागि उच्च संकल्प र प्रतिवद्धतासहित यो ११ सुत्रीय साझा घोषणापत्र जारी गर्दछौं ।

1 वचत तथा ऋण सहकारी सञ्चालनमा वित्तीय व्यवस्थापन, वस्तु तथा सेवाको विविधीकरण, रणनीति एवम् व्यावसायिक योजना र मानव संशाधन व्यवस्थापन लगायत आधारभूत नीति तथा कार्यविधिहरुको निर्माण तथा अवलम्वनमार्फत साकोस सञ्चालनलाई व्यवसायिकीकरण गरी समुदायमा उत्कृष्ट सेवा प्रदायकको रुपमा साकोसलाई अगाडि बढाउन प्रतिवद्ध छौंं ।

2  समुदायमा पिछडिएका, गरिव तथा विपन्न वर्गलाई वचत तथा ऋण सहकारी मार्फत विशेषतः युवा तथा महिला लक्षित लघुवित्त एवम् कृषि वित्त कार्यक्रम प्रवर्धन गरी प्रत्यक्ष रोजगारी सृजना हुने कार्यक्रम सञ्चालन गर्ने छौं ।

3 वचत तथा ऋण सहकारी अभियानलाई समुदायमा आधारित, सदस्य केन्द्रित, अनुशासित एवम् मर्यादित रुपमा सञ्चालन गर्नको लागि नेफ्स्कूनको अगुवाईमा एकीकृत साकोस प्रणालीलाई अवलम्वन गर्न हामी प्रतिवद्ध छौं ।

4  वचत तथा ऋण सहकारीमा रणनीतिक योजनाको अभ्यास, गुणस्तरबृद्धि र स्तरीकरणका लागि जोखिममा आधारित सुपरिवेक्षण, प्रोवेसन (राष्ट्रिय मापदण्ड) र एक्सेस (अन्तर्राष्ट्रिय मापदण्ड) ब्राण्डिङ्ग कार्यक्रमलाई चरणबद्ध रुपमा अगाडि बढाउन हामी प्रतिवद्ध छौं ।

5 एकिकरण प्रवद्र्धनमार्पmत् वचत तथा ऋण सहकारीहरुका सदस्यहरुलाई गुणस्तरीय र प्रभावकारी सेवाहरुको सुनिश्चितता गरी स्वस्थ, सुरक्षित र सक्षम साकोसको निर्माण गर्न प्रतिवद्ध छौं ।

6 वचत तथा ऋण सहकारीहरुमा लोकतन्त्र र सुशासनको अभ्यास सुनिश्चित गर्न नीतिहरु एवं कार्यविधिहरुको विकास गरी आन्तरिक नियन्त्रण प्रणालिलाई सुदृढ पार्न प्रतिवद्ध छौं ।

7  वचत तथा ऋण सहकारीहरुमा उच्च प्रविधिको प्रयोग गरी मासिक रुपमा पल्र्स लगायत वित्तीय अुनगमन प्रणाली अभ्यासको लागि संयन्त्र निर्माण गरी जोखिमको पहिचान र तत्काल न्यूनिकरण गर्न प्रतिवद्ध छौं ।
8  नेफ्स्कूनले प्रबद्र्धन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका मापदण्डहरुको परिपालना गरी एकिकृत साकोस प्रणाली अनुरुप संस्था सञ्चालन गर्न हामी मञ्जुर छौं ।

9 वचत तथा ऋण सहकारी संस्थाहरुलाई दीगो, सक्षम र मर्यादित बनाउन नविनतम प्रविधिको प्रयोग र असल अभ्यासको अवलम्बन गर्न सरोकारवाला निकायहरु सँग सापेक्षित समन्वयलाई जोड दिनेछौं ।

10 मुलुकको सहकारी क्षेत्रमा क्रियाशिल संख्याको आधा, कारोवार र प्रभावको हिसावले दुई तिहाईभन्दा बढी योगदान गरिरहेको वचत तथा ऋण सहकारी क्षेत्रले हासिल गरेका उपलव्धिहरुलाई संस्थागत गरी विद्यमान जोखिम र चुनौतिहरुको व्यवस्थापनमार्पmत साकोस अभियानलाई सुशासित, एकिकृत र गुणस्तरयुक्त बनाउन प्रतिबद्ध छौं ।

11  छुटटै वचत तथा ऋण सहकारी ऐन नियमावली जारी गरी लागू गर्न राज्य र सम्वद्ध निकायसंग पहलकदमीका लागि हातेमालो गर्दै अगाडि बढ्न प्रतिबद्ध छौ ।

नेप्mस्कूनद्वारा आयोजित यस दोश्रो साकोस शिखर गोष्ठी २०७१ का सम्पूर्ण सहभागीहरु माथि उल्लेखित बूँदाहरुलाई सामुहिक प्रतिबद्धताका रुपमा मनन् गर्दै यो घोषणा पत्र जारी गर्दछौं ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने