मजदुुर उपभोक्ता सहकारीको साधारणसभा


उदय बीसी
दाङ, माघ २५। दाङको एक मात्र मजदुुरहरुले सञ्चालन गरेको मजदुर उपभोक्ता सहकारी संस्था लिमिटेड घोराही दाङको तेस्रो साधारणसभा शनिवार दाङको घोराहीमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको बताएका थिए । उनीहरुले सहकारीलाई राज्यले मुुलुुकको अर्थतन्त्र विकासको तीन सम्वे नीतिमा राखे पनि सो अनुुसार व्यवहारिक रुपमा कार्यान्वयन नभइएको र नीति अनुुरुप राज्यले सहकारीलाई सहयोग दिन नसकेको बताएका थिए ।
संस्थाका अध्यक्ष साउने नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुुख अतिथि राष्ट्रिय सहकारी बैक घोराही शाखाका नारायण लामिछानेले सहकारीको विकासका लागि सबै सरोकारवालाहरु समन्वयका साथ अघि वढ्नुुपर्ने बताउनुुभयो । सहकारीको नीति नै एक अर्कासँग सहकार्य गर्दै जाने भएकाले सहकारर्र्य र समन्वयबाट मात्रै सहकारी र सहकारीकर्मीहरुको विकास हुुने उहाँको भनाइ थियो ।
कार्यक्रममा संस्थाका सचिव बाबुराम पाण्डेले प्रगति र उपाध्यक्ष खिमबहादुर विकले कोषाध्यक्षले तयार पारेको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखाका सल्लाहकार सविन प्रियासन, संस्थाका ब्यवस्थापक तिला बस्नेत, शेयर सदस्य ऋषिराज पोखे्रल, भुमि सामाजिक सहकारी संस्थाका ब्यवस्थापक दयाजी रोका, जलजला सहकारी संस्थाका अध्यक्ष कृर्तिमान पुनलगायतले शुुभकामना व्यक्त गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चिनारी साकोसको आयोजनामा PALM कार्यशाला
टुगा आस्था विकास साकोसको CUDCC तालिम
क्षमता अभिवृद्धि तालिम सम्पन्‍न
नागरिकको समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण