सुरुङ प्रविधि भित्र्याउन अर्थमन्त्री जापान प्रस्थान


अर्थमन्त्री डा रामशरण महत जापान प्रस्थान गर्नुभएको छ । सडक विकासमा जापानी सुरुङ प्रविधि नेपाल भित्र्याउन अध्ययनका लागि उहाँ गएराती त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

जाइकाको निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । जापानको सहयोगमा काठमाडौंदेखि नौविसे जोड्ने टनेल निर्माण हुने भएकोले यस प्रविधिको प्रभावकारिता अध्ययनका लागि उहाँ जापान भ्रमणमा जानुभएको हो । उक्त टनेल सडकलाई जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले अगाडि बढाइरहेको छ । पहाडी मुलुक भएकोले नेपालका अन्य भागमा पनि यस्तो प्रविधि उपयोगी हुने भएकोले यो भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ ।
जापान रहँदा उहाँले उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ । दुई पटक स्थगित भैसकेको अर्थमन्त्रीको यो भ्रमण गत भदौमा पनि तय भएको थियो तर नेपालमै रहनुपर्ने बाध्यताका कारण त्यसबेला भ्रमण स्थगित भएको थियो । भ्रमण टोलीमा अर्थमन्त्रालयका उपसचिव युगराज पाण्डे, सडक विभागका महानिर्देशक माधवकुमार कार्की, उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठ, सीडीई नविनकुमार पोखरेल, अनन्तप्रसाद पौडेल र शिवप्रसाद नेपाल रहनुभएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न