चौतारी सहकारीको दोस्रो साधारणसभा सम्पन्न


धादिङ, माघ २५ । चौतारी संचार सहकारी संस्थाको दोस्रो साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । शनिवार धादिङको सदरमुकाम धादिङबेसीमा सम्पन्न सभाले राजेन्द्रकुमार बस्नेतको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति चयन हुनुभएको छ ।
संस्थाको उपाध्यक्षहरुमा पोषनाथ अधिकारी र अर्जुन खतिवडा, महासचिवमा मुरारी अधिकारी, सचिवमा ठाकुर गुरुङ र कोषाध्यक्षमा तिलक सिम्खडा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा केशव अधिकारी, नारायण सिलवाल, सृजना खनाल, मनिष दुवाडी र शंकर श्रेष्ठ चयन हुनुभयो ।
सभाले निवर्तमान अध्यक्ष राजाराम शर्माको संयोजकत्वमा पुष्प थपलिया र सुदिप कोईराला सदस्य रहेको लेखा समिति, केशव अधिकारीको संयोजकत्वमा गिता अधिकारी र मनिष दुवाडी सदस्य रहेको ऋण उप समिति, नारायण सिलवालको संयोजकत्वमा मुना सिम्खडा र सुनिता सिम्खडा सदस्य रहेको शिक्षा उप समितिको पनि गठन गरेको छ ।
सभाले चौतारी संचार सहकारी संस्था लाई धादिङ संचार सहकारी संस्थाको रुपमा नाम परिवर्तनको प्रस्ताव सर्वसम्मतबाट पारीत गरेको छ ।
संस्थाले जिल्लामा रहेर सहकारीका क्षेत्रको उत्कृष्ठ समाचार लेख्ने एक जनालाई पुरस्कृत गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी संस्थाद्धारा प्रकाशित हुने सहकारी सरोकार मासिक पत्रिकाको व्यवस्थापनका लागि शंकर श्रेष्ठको संयोजकत्वमा गोमा थापा सदस्य रहेको प्रकाशन उपसमितिको समेत गठन गरेको छ । सहकारी सरोकार मासिकको सम्पादकमा भने गोकर्ण दुवाडी रहनुभएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न