धुलिखेल सहकारीद्वारा २० प्रतिशत लाभांश वितरण
काठमाडौं, माघ २५ । धुलिखेल सहकारी संस्थाले २० प्रतिशत नगद लाभांश वितरण गरेको छ । धुलिखेल सहकारीको चौथो साधारणसभाले १५ प्रतिहत बोनस सेयर र ५ प्रतिशत नगद सहीत २० प्रतिशत लाभांसको घोषणा गर्नुका साथै कर्मचारीहरुलाइ एक महिनाको तलव बोनस दिने घोषणा गरेको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष धर्मराज सिटौलाले संस्थाले कर्जा लगानी १ करोड ९५ लाख ६३ हजार ५ सय रहेको बताउनुभयो । संस्थाको सात सय बचतकर्ता र निक्षेप १ करोड २५ लाख ४६ हजार २ सय ८० रुपैया रहेको सहकारीका संचालक रामचन्द्र अधिकारीले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडालले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडालले सहकारी सामाजिक ब्यावसाय रहेको बताउँदै अब सहकारीको विकास बिना मुलुकमा आर्थिक विकास सम्भव नभएको बताउनुभयो । बडालले अब सरकारले सहकारीको माध्यमबाट सबैलाइ समेट्ने कार्यक्रम ल्याउन लागेको बताउँदै हाम्रो देश अनेकतामा बिभिधता रहेको औल्याउदै आर्थिक समृद्धीमा लाग्न सहकारीहरुलाइ आग्रह गर्नुभयो ।