सहकारीमैत्री संबिधान निर्माण गर्छौ: सभासद् फुँयाल


narayanकाठमाडौं, माघ २५ ।सभासद् रामेश्वर फुँयालले सहकारीमैत्री संविधान निर्माण गरिने बताउनुभएको छ । सहकारीलाई लगानीमा खुकुलो पार्ने गरी नयाँ संविधान बनाइने उहाँको भनाई थियो ।

सहकारीमार्फत आर्थिक संमृद्वि हाशिल गर्न सकिनेमा जोड दिदैं फुँयालले सहकारीलाई अब बलियो खम्बा बनाउन आवश्यक भएको बताउनुभयो । नयाँ पाटी साकोसको १७ औं साधारणसभामाका अवसरमा बोल्दै सभासद् फुँयालले सहकारीमैत्री संविधान निर्माण गरिनेमा जोड दिनुभयो ।

सहकारीले गाउँ गाउँ नगर विकास भएपछि मानवीय संधाशनमा खर्च गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
फुँयालले सहकारीले आधुनिक कृषि प्रणालीमा सहकारीले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीले बाँझो खेतमा प्रविधि प्रयोग गरेर उत्पादनमा जोड दिन सक्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा संस्थाको सल्लाहकार एंव पूर्व अध्यक्ष नरायण भक्त श्रेष्ठले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्न सक्नुपर्ने बताउनुभयो । नयाँ पाटी साकोसका अधिकांश सदस्य कृषितर्फ क्रियाशील रहेको उहाँको भनाई थियो ।
१७ औं साधारणसभाले प्रदीप नेपालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । संस्थाको उपाध्यक्षमा विजयकुमार श्रेष्ठ, सचिव गौतम खनाल, कोषाक्ष्य चिञ्जिवी सिंम्खडा निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यमा बसन्त पण्डित, कुमार दंगाल, राजेन्द्र श्रेष्ठ, हिरादेवी पण्डित र खिमकुमारी अधिकारी निर्वाचित हुनुभएको छ ।
लेखा समितिको संयोजकमा उत्तम खड्का निर्वाचत हुनुभएको छ । त्यस्तै बालकृष्ण श्रेष्ठ, राजेन्द्र भण्डारी लेखा समितिको सदस्यमा चुनिनुभएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने