एभरेष्ट कृषि सहकारीको मुनाफा ३ लाख


सल्लेरी, माघ २६ । एभरेष्ट कृषि सहकारी संस्थाले गत आर्थिक वर्षमा तीन लाख बढी मुनाफा आर्जन गरेको छ ।
संस्थाले नाफाको अधिकांश हिस्सा शेयर सदस्यहरुलाई वितरण गरेको छ ।
नियमित बचत र सुनिश्चित लगानीबाट बनौँ आतमनिर्भर, आर्थिक तथा सामाजिक उन्नतिका लागि वनाऔँ आधार भन्ने नाराका साथ २०६७ सालमा स्थापना भएको सो सहकारी संस्थाले गत आर्थिक बर्षको कुल लाभांसा ३ लाख ५६ हजार ४ सय ९५ रुपैयामध्ये ३ लाख रुपैया आफ्ना शेयर सदस्यहरुलाई वितरण गरेको जानकारी दिएको छ ।
सहकारीले आर्थिक वर्ष २०७०र७१ मा ६९ लाख ८२ हजार ५ सय ३६ रुपैया ६० पैसा कारोवार गरेको सार्वजानिक गरेको छ । त्यस्तै सो सहकारीले जिल्ला पशु सेवा कार्यालय सोलुखुम्बुसंगको समन्वयमा सहकारी खेतीमा आधारित कुखुरा पालन ब्यवसायबाट मात्र १ लाख रुपैया मुनाफा कमाएको छ ।
हाल सहकारीमा नियमित वचत तर्फ ३ सय ३५ जना छन भने संस्थाका १ सय ३५ जना सेयर सदस्यहरुलाई लाभांसा रकम वितरण गरिएको सहकारीका उपाध्यक्ष गोविन्दबहादुर बस्नेतले बताउनुभयो ।
सहकारीले आगामी दिनमा कृषि तथा पशुपालन ब्यवसायमा लगानी गर्ने, सेयर सदस्यता संख्या बढाउने र मुद्धती बचतलाई विस्तार गर्ने लागयतका योजना सञ्चालन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
एभरेष्ट कृषि सहकारी संस्था लिमिटेडले दुधकुण्ड नगरापलिकासंगै काँकु, वासा र देउसा गाविसलाई आफ्नो कार्यक्षेत्र बनाएर काम गरिरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान
कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन
नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान