रेमिट्यान्सको काम सहकारीबाट


काठमाडौं, माघ २६ । स्थानीयवासीले सहकारीमार्फत रेमिट्यान्स सेवा पाएका छन् । दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा रहेका सहकारी संस्थाहरुले सरल रेमिटान्स कारोबार गरेपछि स्थानीयलाई राहत मिलेको हो ।

अक्स्फामको आयोजनामा नवलपरासीको गैंडाकोटमा अन्तरसहकारी रेमिटान्स तथा बित्तीय सेवा बिषयक अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीले रेमिट्यान्स सेवा उपलब्ध गराएपछि राहत मिलेको बताएका थिए ।
दुई दिने कार्यक्रममा बिशेष गरी सहकारी संस्थाको स्तरउन्नती तथा सुरक्षित रेमिटान्सको प्रयोग, साथै यसबाट स्थानिय समुदाय तथा सहकारी संस्थालाई हुने फाईदाका बारेमा बिशेष चर्चा गरिएको थियो । कार्यक्रममा नेपाल भरी छरिएर रहेका ग्रामीण भेगका सहकारी संस्थाले प्रभुसँग आबद्ध भई स्थानिय समुदायलाई सुरक्षित र भरपर्दो तरिकाले रेमिटान्स तथा अन्य बित्तिय सेवा प्रदान गर्न सकिने जानकारी गराइएको थियो ।
उक्त कार्यक्रममा दयपुर, गोरखा, कपिलवस्तु, नवलपरासी, दार्चुला, बैतडी, डडेलधुरा, कैलाली, सुर्खेत तथा दैलेख गरी १० जिल्ला बाट कारीब २७ ग्रामीण सहकारी संस्थाका ७० जना प्रतिनिधी उपस्थित भएका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पथप्रर्दशक नारी आवाजहरु
महिला साकोसका लागि निशुल्क सफ्टवेयर र उद्यमशिलता थोक ऋण सुविधा
‘नेतृत्वमा ३३.५ प्रतिशत महिला पहुँच सुनिश्चित गरिएको छ’
शोषण र विभेदरहित समाज निर्माणमा सहकारी सारथी