व्यवसायीक कृषिका लागि करार खेतीमा जोड


काठमाडौं, माघ २७ । कृषि विकास मन्त्री हरीप्रसाद पराजुलीले करार खेती प्रणालीलाई व्यवहारिक रुपमा लागू गराउन सरकार अघि बढेको बताउनुभएको छ ।
राजधानीमा शुरु भएको करार खेतीसम्बन्धि दुई गोष्ठिको पहिलो दिन मंगलबार बिहान सम्बोधन गर्दै मन्त्री पराजुलीले साना किसान र व्यवसायी दुवैलाई करार खेती उपयुक्त हुने भएकाले सरकारले त्यसतर्फ ध्यान दिइरहेको बताउनुभयो । ‘साना किसान र व्यवसायी दुवैलाई करार खेती प्रणालीले लाभ दिन्छ’ उहाँले भन्नुभयो, ‘हाम्रो जस्तो देशमा अझ करार खेती प्रणालीको अभ्यास हुनु जरुरी छ ।’ उहाँले करार खेती सम्बन्धि ऐन चा“डै लागू गर्ने तयारीमा रहेको पनि उहाँको भनाई थियो ।
वास्तविक किसानलाई खुसी पारेर कृषिको व्यावसायिकरण गर्न करार खेती प्रभावकारी बन्दै गएको उनले बताए । ‘भारत, चीन, भियतनाम, बंगलादेशलगायतमा करार खेती सफल मानिएको छ’ उहाँले भन्नुभयो, ‘हामील पनि करार खेती सम्बन्धि ऐन चा“डै ल्याउने तयारी गरिरहेका छौं । ऐन लागू गरेर काम शुरु गरिहाल्छौं ।’
मन्त्री पराजुलीले न्यूनतम लागत जोखिममा कृषि उपजको उत्पादन र बजारीकरण गर्न करार खेती लाभदायक हुने बताउनुभयो ।  त्यस्तै संसद्को कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले कृषि विकास रणनीति निर्माणधिन अवस्थामा रहेका बेला करार खेती सम्बन्धि बहस सृजना हुनु उपयुक्त भएको बताउनुभयो ।
उनले अन्य देशमा सफल भइसकेको करार खेती प्रणालीबाट सिकेर नेपालले पनि फाइदा लिनु पर्ने बताउनुभयो ।  । ‘करार खेती प्रणालीबाट अन्य देशका किसान र व्यवसायीले फाइदा लिइरहेका छन् । हामीले ती कुरा सिकेर फाइदा लिनसक्छौं’ उनले भने । किसानले उत्पादन बेच्न मोलमोलाइन गर्न नपर्ने र खरिदकर्ताले पनि गुणस्तरीय उत्पादन पाउने भएकाले बजारीकरणमा पनि ठूलो समस्या नरहने  बतउनुभयो ।
कृषि सचिव जयमुकुन्द खनालले सफल रुपमा खेती गर्ने अभ्यासमा लामो समयदेखी लागिरहेको नेपालका लागि करार खेती प्रणाली उपयुक्त हुने उहाँले भन्नुभयो ।  ‘हामी सफल रुपमा खेती गर्ने अभ्यासमा लामो समयदेखी क्रियाशील छौं । यसमा करार खेतीले सघाउने देखिन्छ’ उहाँले भन्नुभयो ।  उत्पादक, खरिदकर्ता, आयातकर्तालगायत सबैलाई एकै स्थानमा राखेर बजारीकरण गर्न करार खेती उपयोगी भइरहेको उनले बताउनुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रका कार्यकारी निर्देशक प्रदिप महर्जनले करार खेती सम्बन्धि ऐन चा“डो ल्याउन सरकारलाई आग्रह गरे । ‘करार खेती सम्बन्धि ऐन तयार भएको थाहा पाएका छौं । चा“डो कार्यान्वयनमा आउनुपर्छ’ उहाँले भन्नुभयो ।

के हो करार खेती ?
व्यवसायी र वास्तविक किसानबीच पहिले नै समझदारी भई शुरु गरिने खेती प्रणाली करार खेती हो । कृषक र क्रेताबीचको सम्झौता अनुरुप कृषिजन्य बस्तु उत्पादन गरिनुलाई करार खेतीको रुपमा परिभाषित गरिन्छ । यसमा किसानले उत्पादन गर्ने कृषि उपजको मूल्य कति हुने भन्ने पहिले नै तय हुन्छ भने व्यवसायीले पनि कुन गुणस्तरको कृषि उपज पाउने भन्ने तय भइसकेको हुन्छ । त्यसपछि निर्धारित समयमा किसानले उत्पादन गरेको कृषि उपज पहिले तोकेकै मूल्यमा व्यवसायीले खरिद गर्छन् भने व्यवसायीले पनि किसानबाट तोकिएकै गुणस्तरमा कृषि उपज पाउ“छन् । जसका कारण साना किसानले उत्पादित कृषि उपजको बजार समस्या भोग्न पाउ“दैनन् । अर्कातिर व्यवसायीले पनि आवश्यकता अनुसारको कृषि उपज सजिलै पाउछन् । भाऊ र गुणस्तर पहिले नै तोकिने भएकाले कृषि उपजको मोलमलाई हुन पाउ“दैन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन