दिदी बहिनी सहकारीद्वारा मुठिदान


काठमाडौं, माघ २५ । महिलाको ब्यवस्थापन र लगानीमा म्याग्दीको बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले मुठिदान गरेको छ ।
सहकारीको नियमित कार्यक्रम अन्र्तरगत रहेको मुठिदान अभियान मार्फत संकलन गरिएको हो ।

खाद्य साम्रागी प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, स्थानिय विकास अधिकारी चिरञ्जिवी पौडेल, सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक विर्खचीमार्फत बालगृह प्रमुख बद्री पौडेललाई हस्तान्तरण गरिएको थियो ।
मुठीदान अभियानमा सेयर सदस्य, सर्वसाधारण लगाएतबाट २१ पाथी चामल,१० किलो नुन, १० किलो चिनी, १० किलो दाल, १० लिटर तेल, १० किलो मैदान, १ किलो चियापत्ति र २ केजी कुखुराको मासु संकलन गरिएको थियो ।
बार्षिक उत्सवको अवसरमा प्रेस चौतारी म्याग्दीकी अध्यक्ष मालती खत्री, बालगृहका प्रमुख बद्री पौडेल, सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक बिर्खची, नेपाल जेसीजका अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले महिलाको ब्यवस्थापनमा सञ्चालित सहकारीमार्फत भइरहेका कार्यबाट उत्साहित भएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बचत तथा ऋणमा मात्रै नभई सहकारीले अपाङ्ग, असाहय, जेष्ठ नागरिक तथा आर्थिक अवस्था कमजोर भएकालाई पु¥याइरहेको सहयोगले सहकारीको प्रतिष्ठा थप उचाईमा पु¥याएको बताउनुभयो ।
बार्षिक उत्सवको अवसरमा आर्कषण ब्याजदर सहित पर्व बचत र लखपती बचत योजना पनि सुरु गरेको छ । सहकारीकी अध्यक्ष जमुना आर्चायको अध्यक्षता, उपाध्यक्ष ज्योती लामिछानेको स्वागत र सचिव विष्णु सापकोटाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाल जेसीजको अध्यक्षमा निर्वाचित म्याग्दी जेसीजका पुर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।
तेस्रो बार्षिक उत्सवको अवसरमा नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सहकारीको आफ्नै प्राङ्गणमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन