रूपन्देहीका ९२ सहकारी खारेज


रूपन्देही, माघ २७ । रूपन्देहीका ९२ ओटा निश्क्तिय सहकारी खारेज भएका छन् । डिभिजन सहकारी कार्यालयले लगातार दुई वर्षसम्म कुनै कारोबार नगरी निश्क्रिय रहेका ९२ वटा सहकारी संस्था दर्ता खारेज भएको हो ।
कार्यालयले चालू आवको पछिल्लो ८ महिनामा ९२ सहकारी खारेज गरेको जनाएको छ । गत आवमा मात्रै रूपन्देहीका २४ सहकारी खारेज भएका थिए । सहकारी ऐन, ०४८ को दफा ४१ को उपदफा ३ मा कुनै संस्था वा संघ लगातार दुई वर्र्षसम्म कुनै कारोबार नगरी निष्क्रिय अवस्थामा रहेको पाइएमा रजिस्ट्रार वा निजबाट अधिकार प्राप्त व्यक्तिले संस्था वा संघको दर्ता खारेज गर्न सक्ने प्रावधान रहेको छ ।
यसरी दर्ता खारेज भएमा संस्था वा संघ विघटन हुने र दर्ताको प्रमाण पत्र स्वतः रद्द हुन्छ । यो अवधिमा विभिन्न प्रकृतिका ९२ ओटा सहकारी खारेज भइसकेपछि अन्य बाँकी भने क्रियाशील बन्दै छन् । खारेजीमा पर्नेहरूमा अधिकांश बहुउद्देश्यीय प्रकृतिका सहकारी रहेको डिभिजन कार्यालयका सहकारी निरीक्षक चन्द्रकान्त भट्टराईले बताउनुभयो ।
डिभिजन कार्यालयका अनुसार खारेजीमा परेकामध्ये ४५ ओटा सहकारी बहुउद्देश्यीय कारोबार गर्ने छन् । गत आवमा मात्र खारेजीमा परेका २४ मध्ये १५ ओटा बहुउद्देश्यीय सहकारीको दर्ता खारेज गरिएको थियो । रूपन्देहीमा चारओटा बचत तथा ऋण, १६ ओटा दुग्ध उत्पादक सहकारी, यसैगरी ११ ओटा कृषि सहकारी खारेज भएको सहकारी डिभिजनले जनाएको छ ।
गतिविधि नगरेकाहरू धमाधम खोरज हुँदै छन् ।’उहाँले भन्नुभयो  खारेजीमा परेकामध्ये १६ ओटा सहकारी बुटवलमा दर्ता भएका छन् भने आठओटा सहकारी सिद्धार्थ नगरपालिकामा दर्ता भएका हुन् ।

रूपन्देहीमा ९९ ओटा बहुउद्देश्यीय सहकारीहरू रहे पनि तीमध्ये १७ ओटा निष्क्रिय छन् । जिल्लामा सञ्चालित सहकारीहरूले ३ अर्ब ७१ करोड २३ लाख निक्षेप बचत गर्न सफल भएका छन् । विभिन्न प्रकृतिका ६ सय ५५ सहकारीको कुल सेयर पु“जी १ अर्ब १६ करोड ५० लाख पुगेको छ । यस्तै, जिल्लाका सबै सहकारीको लगानी ६ अर्ब २३ करोड ५४ लाख रहेको डिभिजन सहकारी कार्यालय रूपन्देहीले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न