राष्ट्रिय सहकारी विकास बोर्डमा मानन्धर


काठमाडौं,माघ २८ । राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नेशनल कोअपरेटर्स एलाईन्सका केन्द्रिय कोषाध्यक्ष एंव काठमाडौं जिल्ला अध्यक्ष केदार मानन्धर नियुक्त हुनुभएको छ ।
राष्ट्रिय सहकारी बिकास बोर्डले मानन्धरसहित सहकारीकर्मी भगवती काफ्लेलाई पनि हालै नियुक्त गरेको छ । यसअघि बोर्डले करिब एक दर्जन सहकारीकर्मीलाई सञ्चालकमा नियुक्त गरिसकेको छ ।
मानन्धर र काफ्ले सहित अब बोर्डको सञ्चालकमा एक दर्जन बढी सहकारी अभियान्ताहरु सञ्चालकमा नियुक्त भइसकेका छन् । बोर्डमा सहकारी अभियानको तर्फबाट केशव बडाल, दीपक पौडेल, भरत बिष्ट, खड्कबहादुर केसी, बिष्णुहरी ढकाल, भक्तबहादुर शाह लगायत बोर्ड सञ्चालक सदस्य हुनुहुन्छ ।
बोर्डको अध्यक्ष सहकारी तथा गरिबी निवारण मन्त्री हुने व्यवस्था छ । बोर्डमा सहकारी सचिव, राष्ट्र बैंकका गर्भनर र सहकारी गिभागका रजिष्ट्रारको पनि प्रतिनिधित्व गर्ने गर्छन् ।
राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले सहकारी पाँच विकास क्षेत्रबाट सहकारीकर्मी समेटेर बोर्डमा प्रतिनिधित्व गराएको बताउनुभयो । ‘बोर्डको अबको प्राथमिकता भनेको २० वर्षे रणनीति निर्माण गर्ने हो’ उहाँले भन्नुभयो ।
हामीले सहकारी ऐन २०४८ को मस्यौदा बनाई पेश गरिसकेका छौं तर प्रगति भएको देखिएको छैन्’ उहाँले भन्नुभयो । ऐन पारित गराउनका लागि बोर्डले लबिङ गर्ने बोर्डले जनाएको छ ।
त्यस्तै महिला उद्यमशीलता, बजेट प्लानिङ भइरहेको छ, रोजगारीको सिर्जना लगायतमा बोर्डले भूमिका खेल्ने सहअध्यक्ष शर्माले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक