साना किसान सहकारीमा भिडन्त


सिरहा , माघ २९ । साना किसान सहकारीका सञ्चाकल र पदाधिकारीमा भिडन्त भएको छ । आर्थिक अनियमितता भएको भन्दै सिरहाको नरहा रिगौल गाविसस्थित लक्ष्मीनारायण साना किसान सहकारी संस्थाका पदाधिकारीबीच आज कार्यालयभित्रै झडप भएको हो ।
सहकारी संस्थाका प्रबन्धकले संस्थाको रकम हिनामिना गरेको भन्दै कार्यालय भवनमा भइरहेको छलफलमै संस्थाका अध्यक्ष सकुर साह र प्रबन्धक रामनारायण साहबीच कुटाकुटसमेत भएको थियो । संस्थाका सेयर सदस्यहरूबाट बचत भएको रकम तथा ऋण लगानीको क्रममा उठाइने तमसुकवापतको रकम अनियमितता गरेको भन्दै संस्थाका अध्यक्ष साहले प्रबन्धकलाई पदबाट हटाइको पत्र थमाएपछि दुवै पदाधिकारीबीच बैठकमै कुटाकुट भएको हो ।
बैठकमै संस्थाका अध्यक्ष र प्रबन्धकबीच कुटाकुट भएपछि दुवै जनालाई अनुसन्धानका लागि ल्याइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक चन्द्र राजवंशीले बताउनुभयो ।
अध्यक्ष सकुरले संस्थाका सेयर सदस्यबाट बचत भएको रकमको हरहिसाब प्रबन्धकले नदेखाएको र हरहिसाब माग्दा उल्टै प्रबन्धकले संस्थाका अन्य पदाधिकारीलाई गालीगलौज तथा हातपात गर्दै आएको आरोप लगाउनुभयो । प्रबन्धक साहले भने आफूमाथि अध्यक्षले नै हातपात गरेको बताएका छन् ।
अनियमिततामा आफूमात्र संलग्न नभएको स्वीकार्दै प्रबन्धक साहले संस्थाका पदाधिकारीको मिलोमतोमा आर्थिक अनियमितता भएको स्वीकार गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन