काठमाडौं जिल्ला संघको चुनाव नजिकिदैं, तयारी व्यापक दुवैले ६० प्रतिशत मत ल्याई जित्ने दाबी


काठमाडौं, माघ २८। वामपन्थीको कब्जामा रहेको काठमाडौं जिल्ला सहकारी संघ अब प्राजातान्त्रिक धारका सहकारीकर्मीहले नेतृत्व गर्न दिलोज्यान दिएर लागेका छन् । नेतृत्व आफ्नो पक्षमा पार्न पछिल्लो समयमा प्रजातान्त्रिक धारका सहकारीकर्मीहरुले छुट्टै संगठन खोली सहकारी क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्न थालेका हुन् ।
चुनाव नजिकिदैं जादाँ तयारी व्यायक भएको दुवै पक्षले दाबी गरेका छन् । नेतृत्व आफ्नो पक्षमा पार्न दुवै पक्षले आन्तरिकरुपमा गृहकार्य व्यापक गरेका छन् । खासगरी एलाईन्स सम्बद्व सहकारीकर्मी यसपाली जिल्ला संघको चुनाव जित्नेमा ढुक्क छन् । सहमती भएपनि नेतृत्वमा एलाईन्सका सहकारीकर्मी रहनुपर्ने उनीहरुको अडान रहदैँ आएको छ । चुनाव भएपनि ६० प्रतिशतले जित्ने उनीहरुको दाबी छ ।
अध्यक्षका महत्पकांक्षी सिताराम काफ्लेले ६० प्रतिशत मत ल्याई एलाईन्सले नेतृत्व गर्ने दाबी गर्नुभयो । ‘यसपाली माहोल हाम्रो बनेको छ, एलाईन्सले नै नेतृत्व गर्नेमा हामी विस्वस्त छौं’ उहाँले भन्नुभयो । काठमाडौं जिल्ला संघमा १ हजार ८ सय २० मतदाता रहेका छन् ।
जिल्ला संघको नेतृत्व हत्याउनका लागि सहकारीकर्मीहरुके ढौडधुप ह्वाट्ै बढेको छ । फागुन १५ गते हुने चुनावमा नेशनल कोअपरेटर्स एलाईन्सले आफ्नो पहिलो प्रभाव काठमाडौं जिल्ला संघमा देखाउने मनसायले चुनावको तयारी व्यापक बनाएको छ ।
झण्डै दुई वर्षअघिदेखि क्रियाशील रहदैं आएको एलाईन्सले पार्टीको भातृसंगठनजस्तै गरी आफ्नो सञ्जाल बिस्तार गर्दै आएको छ । यद्यपी, कुनै पनि पार्टीको भातृसंगठन नभई सहकारीमा भइरहेको राजनीतिलाई चिर्नका लागि एलाईन्स गठन गर्नुपरेको एलाईन्सका पदाधिकारीहरु बताउँदैं आएका छन् । एलाईन्स गठन भएपश्चात राष्ट्रिय सहकारी संंघ, राष्ट्रिय सहकारी बैंकमा उसले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन् । तर काठमाडौं जिल्ला संघमा भने एलाईन्सको राम्रो पकड बनेको काफ्लेले बताउनुभयो ।
एलाईन्स विशुद्व प्रजातान्त्रिक विचारधारा राख्ने सहकारीकर्मीको संगठन हो । नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ ९नेफ्स्कुन० एंव राष्ट्रिय सहकारी बैंकमा समेत उपस्थिती जनाइसकेको छ तर देशभर एलाईन्सको बलियो नेटवर्क स्थापित भईनसकेले ती निकायमा उसले सम्मानजनक सिट ल्याउन नसकेपनि काठमाडौं जिल्ला संघको नेतृत्वसहित सम्मानजनक मत पणिाम ल्याउने एलाईन्सले दाबी गरेको छ ।
एलाईन्सले काठमाडौं जिल्लामा १० वटा क्षेत्रिय कमिटीसमेत गठन गरेको छ । एलाईन्सका केन्द्रिय सचिव चन्द्रप्रसाद ढकालले हालसम्म ३२ जिल्लामा एलाईन्सको संगठन बिस्तार भइसकेको बताउनुभयो । त्यसबाहेक सम्पर्क समिति र तदर्थ समिति गरी थप ९ जिल्लामा पनि एलाईन्स पुगेको छ ।
एलाईन्सका सचिव ढकालले एलाईन्स सम्बद्व धेरै साथीहरु काठमाडौं जिल्ला संघको सदस्य एंव उम्मेदवारसमेत रहेको बताउनुभयो । ‘यसलाई कब्जा भन्न मिल्दैन्, हामी सहकारीमा राजनीति चाहदैनौं ।’ यद्यपी, सहकारीमा अर्को पक्षको हालीमुहाली भएकाले त्यसलाई काउन्टर दिन एलाईन्स गठन गरी गतिविधि अगाडि बढाउनुपरेको हो ।’ उहाँले भन्नुभयो ।
काठमाडौं जिल्ला संघमा एलाईन्स सम्बद्व अध्यक्षका दाबेदारहरु धेरै छन् । वर्तमान उपाध्यक्ष गोविन्द प्रसाद शर्मा, महासचिव सीताराम काफ्ले एंव एलाईन्स काठमाडौंका संयोजक केदार मानन्धर संघको नयाँ नेतृत्वको महत्वकांक्षी हुनुहुन्छ । यद्यपी एलाईन्सले एकदुई दिनभित्र उम्मेदार घोषणा गर्ने छ ।

त्यस्तै वामपन्थी समूहबाट वर्तमान अध्यक्ष केबी उप्रेती, कोषाध्यक्ष परितोष पौड्याल अरु नियकामा रहेकाले टेकप्रसाद चौलागाईको नेतृत्वको उम्मेदावर छनोट हुने बुझिएको छ । यद्यमपी आवश्यकता परे उप्रेती र पौड्याल नेतृत्वमा आउन सक्ने बताइएको छ ।

वामपन्थी पक्षका महत्वकांक्षी टेकप्रशाद चौलागाईले आफूले ६० प्रतिश मत ल्याई जुनाव जित्नेमा ढुक्क भएको बताउनुहुन्छ । ‘हामी ढुक्क छौं, ६० प्रतिशतभन्दा बढी मत ल्याई चुनाव जित्ने छौं’ उहाँले भन्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक