विहे गर्नासाथ सहकारीको सदस्य


 चितवन माघ २९। । गैडाकोटको एक सहकारीले बिहे गरेर दुलही हुनासाथ नयाँ दुलहीलाई सहकारीको शेयर सदस्य दिने गरेको छ । भरतपुरको प्रभात महिला बचत तथा ऋण सहकारी संस्थाले नयाँ बुहारीलाई सेयर सदस्य बनाएर एकैपटक दुईवटा काम थाल्ने लक्ष्य राखेको छ । पहिलो, नयाँ बुहारीलाई सामाजिक रूपमा स्थापित गराउने र दोस्रो आर्थिक उन्नतिका लागि सघाउने ।
जिल्लामा यो कार्यक्रम नयाँ र नमुना भएको सहकारीकी सेयरसदस्य तथा सल्लाहकार शान्ति अधिकारीले बताउनुभयो । बुहारीहरूलाई नयाँ ठाउँमा सजिलै घुलमिल हुन, नेतृत्व विकासमा संलग्न हुन यो कार्यक्रमले सघाउ पु¥याउँदै आएको शान्तिको बुझाइ छ ।
गएको वर्ष माघमा पहिलोपटक उनकै बुहारी तृप्तिलाई नयाँ बुहारीका रूपमा सहकारीमा भित्र्याइएको थियो । त्यहाँ सहभागी भएपछि आफूले बचत गर्ने बानी र सहकार्यको संस्कृति सिकेको तृप्तिले बताउनुभयो । चिकित्साशास्त्र पढ्दै गरेकी तृप्ति सहकार्यको संस्कृति बुझेका कारण आफूले बिरामीसँग गर्ने सामाजिक व्यवहारमा पनि उल्लेख्य परिवर्तन आएको बताउनुभयो ।
सहकारीको सदस्यताले नयाँ घरमा, नयाँ परिवेशमा घुलमिल हुन बुहारीलाई सजिलो बनाइदिन्छ ।
गतिविधि जान्ने, सीपबारे कुरा बुझ्ने क्रममा सँगसँगै हिँड्दा रमाइलो हुने र पारिवारिक भावना पनि आत्मीय हुने लक्ष्मीको बुझाइ छ । । नयाँ चेलीलाई सामाजिक व्यवहार सिकाउन सहकारी माध्यम भएको भन्दै सदस्य महेश्वरी थापाले बताउनुभयो । , ‘सीप सिक्न चाहनेलाई हामी थप सहयोग गर्छौं ।’ आफ्नो वार्षिकोत्सवको अवसर पारेर माघ ६ गते दीपासँगै कृष्टि कौडेल, प्रतीक्षा थापामगर, सरिता उपाध्याय, सिर्जना सापकोटालाई सहकारीले सेयर उपहार दिएको थियो ।
अघिल्लो वर्ष सहकारीमा भित्रिएकी स्टाफ नर्स पढ्दै गरेकी भरतपुरकी प्रतीक्षा लामा पौडेल आफूमा बचत गर्ने बानीको विकास भएको बताउनुहुन्छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान
कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन
नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान