आयोजना प्रस्ताव लेखन तालिम


 काठमाडौं, १ फागुन व्यवसायिक कृषि तथा व्यापार आयोजनाले सर्वसाधारण किसानका लागि आयोजना प्रस्ताव लेखन तालिम आयोजना गरेको छ । तालिममा मध्यमाञ्चल क्षेत्रका ५० जना किसान तथा कृषि उद्यमी सहभागी थिए । “ तालिमका सहभागीमध्ये धेरैले आफैं प्रस्ताव लेख्न सक्ने आशा छ, प्रस्ताव लेख्न नसके पनि अरुले आफ्ना लागि लेखेको प्रस्तावमा छुट भएका विषयहरु हेरी आफ्नो प्रस्ताव राम्रो बनाउन भने पक्कै सक्छन् ” आयोजनाको मध्यमाञ्चल क्षेत्रीय कार्यालय आयोजना कार्यान्वयन सहयोग समूहका प्रमूख वासेदेव शर्माले भन्नुभयो । उहाँका अनुसार तालिममा आयोजनाको चौथो आह्वानमा प्रस्ताव हाली प्रारम्भिक चरणको छनोटमा पास भई स्थलगत प्रमाणीकरणमा समेत सफल भएका किसान तथा कृषि उद्यमीहरु सहभागी छन् । यस तालिमकै सहयोगमा पनि केही हदसम्म मात्रै भए पनि आफूहरुलाई सहयोग पुगेको विष्णु राज महतोले बताउनुभयो । उहाँ एक माछा व्यापारी हुनुहुन्छ । उहाँले यस्तो तालिमको अवधी लामो भए थप प्रभावकारी हुने बताउनुभयो । त्यस्तै धर्मस्थलीका वैकुण्ठ बानियँंलाई पनि तालिम लाभदायी रहेको महसुस भयो । उहाँ कुखुरा व्यवसायी हुनुहुन्छ । व्यावसायिक कृषि तथा व्यापार आयोजना नेपाल सरकारले विश्व बैंकको सहयोगमा सन् २००९ देखि ६ वर्षका लागि कार्यान्वयनमा ल्याएको हो । सुरुमा पूर्वाञ्चलबाहेक ४ विकास क्षेत्रका तराइका १५ र पहाडका १० गरी २५ जिल्लामा लागु गरिएको आयोजना सन् २०१२ मा विश्व बैंकले मध्यावधि मुल्यांकनमार्फत सहयोग रकम थप गर्ने निर्णय गरेपछि आयोजनाको कार्यक्षेत्र विस्तार गरी देशभर लागु गरिएको हो । त्यसैगरी आयोजनाको अवधि पनि बढाइ सन् २०१८ सम्म पु¥याइएको छ । आयोजनाले १० हजार अमेरिकी डलरदेखि एक लाख अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ पूरक अनुदान सेवाग्राहीलाई उपलब्ध गराई कार्यक्रम सञ्चालन गर्ने गरेको छ । आयोजनाले राष्ट्रिय आयोजना निर्देशन समितिले तोकेका कृषि उपजहरुको मुल्यशृंखलामा आवद्ध कृषक समूह, कृषि सहकारी तथा कृषि उद्यमीको प्रतिष्पर्धात्मक क्षमता वृद्धि गर्ने लक्ष्य राखेको छ । १० हजार डलर बराबरको पूरक अनुदान सहयोग लघु अनुदानमा र बाँंकी दुई किसिमका अनुदान साना तथा मझौला अनुदानमा वर्गीकृत गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सूचना तथा सञ्चार प्रवाह कार्यशाला गोष्ठी सम्पन्‍न
धुलिखेलमा कोपोमिस तालिम सम्पन्‍न
चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु
संस्थागत विकास तालिम सुरु