सहकारी पत्रकार समाजका अध्यक्ष सम्मानित


काठमाडौं,फागुन २। काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले सहकारी पत्रकार समाजका अध्यक्ष डिल्लीप्रसाद सापकोटालाई सम्मान गरेकोछ ।

संघले प्रथम साधारणसभाका अवसरमा सहकारीक्षेत्रमा रचनात्मक काम गरेको भन्दै समाजका अध्यक्ष सापकोटालाई सम्मान गरेको हो। नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)का पूर्व अध्यक्ष एंव राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीनराज कडेलले सम्मान गर्नु भएको थियो ।

सो अवसरमा संघका अध्यक्ष तुलसीप्रसाद सापकोटाले  सञ्चार माध्यमको सहयोगबिना सहकारीले लक्ष्य हाशिल गर्न नसक्ने भन्दै सहकारी र सञ्चार हातेमालो गरी समाज परिवर्तनतर्फ लाग्नुपर्ने बताउनुभयो । 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न