स्मरण शक्त्तिको वृद्धिका लागि भावतित ध्यान


काठमान्डौ, फागुन ३ ,नेपाल महर्षि वैदिक फाउण्डेशनद्धारा विगत ६ वर्षदेखि नेपालका विभिन्न स्थानमा भावतित ध्यान सिकाउँदै आईरहेको छ । यो वेद तथा विज्ञान दुवैद्धारा प्रमाणित मानवसभ्यताजतिकै पूरानो ध्यानको एउटा पद्धती हो । भावातित ध्यान सरल, सहज, स्वभाविक र प्रभावकारी पद्धती भएकाले यसलाई जुनसुकै स्थानमा बसेर गर्न सकिन्छ । यसका प्रणयता महर्षि महेश योगी हुनुहुन्छ । संस्थाबाट हालसम्म ८२४० जना साधकले ध्यान साधना गरेका छन् । संस्थाले काठमान्डौ, झापा, इलाम, अछाम, कपिलवस्तु र रुपन्देहीमा रहेका १४ वटा गुरुकुलमा ध्यान कक्षा संचालन गर्दै आएको छ । साथसाथै संस्थाले विभिन्न विद्यालयमा गएर त्यहाँ अध्यय्नरत विद्यार्थीहरुलाई चेतनामा आधारित शिक्षाका लागि ध्यान सिकाएको छ ।

b
भावतित ध्यान अहिले प्राय सुनिने गरेका एकाग्रता र जपमा आधारित ध्यानभन्दा धेरै नै प्रभावकारी रहेको संस्थाका ध्यान गुरु गोपाल मैनाली बताउनुहुन्छ । यस ध्यानबाट अन्तरात्माको अनुभुति गर्न सकिने भएकाले पनि यो ध्यान अन्यभन्दा प्रभावकारी छ ,उहाँ भन्नुहुन्छ यो ध्यान अहिलेको व्यस्त र आधुनिक जीवनशैलीको एकदमै उपयोगी छ, यसले आरोग्य, निर्मल एवं तनावमुक्क्त मन, प्रगती, आनन्द र शान्ति प्रदान गर्दछ । भावतित ध्यानबाट बुद्धि तीक्ष्ण हुने र सिक्ने क्षमतामा वृद्धि हुने, स्मरणशक्त्ति बढ्ने, सूक्ष्म ढंगले सोच्ने, चिन्तन गर्ने र सोच्ने क्षमताको विकास हुने, दुर्वलता, उत्तेजना र चिडचिडापन हटेर भावनात्मक सन्तुलन बढ्ने कुरा विभिन्न वैज्ञानिकहरुको अनुसन्धानबाट प्रमाणित भइसकेको उहाँ बताउनुहुन्छ ।

a

g
संस्थाले भावतित ध्यानको पाँच दिने कार्यक्रम संचालन गर्दै आईरहेको छ जसमा इच्छुक जो कोही व्यतिmले ग्लोबल मदर डिभाइन अर्गनाइजेशनको कार्यालय तथा महर्षि भावतित ध्यान केन्द्र सम्पर्क गरी आधिकारीक ध्यान प्रशिक्षकहरुबाट भावतित ध्यान गर्ने विधि तथा व्यतिगत दीक्षा प्राप्त गर्न सक्दछन्।
संस्थाले ध्यानका साथसाथै यज्ञपनि संचालन गर्दै आइरहेको छ । सिफलस्थिीत कार्यालय परिसरमा बसिरहनुभका ५१ जना बटुकहरुबाट हरेक दिन विहान एकै समयमा राष्ट्र शान्तिको संकल्प सहितकाृे रुद्राभिषेक संस्थाले आयोजना गर्दै आएको छ । यज्ञले वातावरणलाई सकारात्मक प्रभाव पार्ने ५ वर्षदखी त्यहीँ बसोबास गर्दै आउनुभएका एक बटुकल बताउनुभयो । उहाँले भन्नुभायो हाम्रो पारम्परिक मान्यतापनि त्यस्तै रहेको छ, पानी नपर्दा यज्ञ लगाउने प्रचलन हामीकोमा अझैपनि छ, महर्षि योगीले यही कुरालाई विज्ञानसम्मत रुपमा प्रमाणित गराउनुभएको हो । उहाँले यज्ञमा प्रयोग हुने तील, घ्यूजस्ता कुराले वातावरणलाई सकारात्मक प्रभाव पार्ने र कुनैपनि अनिष्टबाट जोगाउने बताउनुभयो  ।

d

c


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक