सहकारी पत्रकार समाजको चौथो साधारणसभा


काठमाडौं फागुन ३ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
समाजको आफ्नै सभाहलमा आइतबार सम्पन्न साधारणसभाले संस्थाका अध्यक्ष डिल्ली प्रसाद सापकोटाको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष काजी श्रेष्ठको आर्थिक प्रतिवेदन सर्वसम्वतबाट पारित गरेको छ ।
सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न सरोकारवाला निकायहरुसंग समन्वय गर्ने योजना पनि अघि सारेको छ । २०६८ साल मा स्थापना भएको समाजले सहकारी क्षेत्रलाई बिट बनाएर कलम चलाउने पत्रकारहरुकोे दक्षता अभिवृद्धि कार्यक्रम गर्दै आएको छ । समाजमा विभिन्न सञ्चार माध्यममा कार्यरत ५० जना पत्रकारहरु आबद्ध छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध