उद्यमी बन्दै सहकारीकर्मी


जुटपानी, फागुन ३ । सहकारी संस्थामा लागेपछि जुटपानीका स्थानीयवासीहरु आर्थिक रुपले सम्पन्न भएका छन् । सहकारीबाट सस्तो ब्याजमा ऋण लिएर व्यवसाय गर्न थालेपछि उनीहरुको जीवनमा रुपान्तरण आएको हो ।
सहकारीमा लागेका अधिकांश स्थानीयवासहीरु कुनै न कुनै उद्यमशीलका काम गर्र्दै आएका छन् । जुटपानी गाविसको खोलेसिमल बजारमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाले चारवटा गाविसका बासिन्दाहरुलाई उद्यमी बनाएपछि खुसी देखिएका छन् । उनीहरुले ऋण लिएर उद्योग, व्यवसाय तथा आयआर्जनका कामहरु गर्र्दै आएका छन् ।
साविक पिठुवा, चैनपुर र जुटपानी, पदमपुर गाविसका बासिन्दालाई सहकारीले उद्यमी बनाउने गरी ऋण लगानी गरेको छ । संस्थाका सबै शेयर सदस्यहरुलाई आयआर्जन गरी जीवनयापनलाई सहज बनाउन उद्यमी बनाउने योजना रहेको संस्थाका अध्यक्ष द्रोर्णप्रसाद लामिछानेले बताउनुभयो ।
सहकारीका शेयर सदस्यहरु ऋण लिएर मझौला उद्योग, व्यापार, व्यवसाय तथा पशुुपालन व्यवसाय सञ्चालन गरेको अध्यक्ष लामिछानेले बताउनुभयो । सहकारीमा आवद्ध सबैलाई उद्यमी बनाउने योजना रहेको र कम व्याजमा ऋण लगानी गर्ने गरेको उहाँले बताउनुभयो ।
कुनै बेला आर्थिक अभाव भएर बिहान बेलुका हातमुख जोर्न समस्या हुने गरेका ग्रामीण भेगका गाउँलेले थोरैथोरै रकम सहकारीमा जम्मा गरी त्यहीबाट ऋण लिएर व्यवसाय गरी जीवनयापनलाई सहजसमेत बनाएका छन् । सहकारीका कारण गाउँका बेरोजगार युवाले व्यवसाय सञ्चालन गरी रोजगार बनेका छन् । संस्थाले धनाड्यलाई भन्दा पनि विपन्न परिवारमा ऋण लगानी गरी उनीहरुलाई व्यापार, व्यवसाय तथा कृषि उत्पादनमा क्रियाशील गराइ जीविकोपार्जन सहज बनाइएको हो ।
सक्नेले व्यापार व्यवसाय गरेका छन् भने नसक्नेले तरकारी खेती, गाईपालन तथा बंगुरपालन व्यवसाय गरिरहेको अध्यक्ष लामिछाने जानकारी दिनुभयो । सहकारीबाट शेयर सदस्यहरुले २० हजारदेखि २० लाखसम्म ऋण लिएर व्यवसाय सञ्चालन गरेका छन् । सहकारीले ऋण लगानी गरेपछि गाउँगाउँमा पसल, उद्योग र पशुपालन फस्टाएको छ । जुटपानी–६ खोलेसिमल बजारमा सहकारी संस्थाबाटै २० लाख ऋण लिएर शेयर सदस्य ज्ञानबहादुर थापाले फर्निचर उद्योग सञ्चालन गरेका छन् ।
सहकारीबाट २० लाख ऋण लिएर ठूला उद्योग र व्यवसाय सञ्चालन गर्ने व्यक्ति २५ जना रहेका छन् । २५ जनामध्ये फर्निचर व्यवसायी थापा सफल व्यवसायी हुन् । उहीहरुले फर्निचर व्यवसायबाटै राम्रो आन्दानी गर्न थालेका छन् । आम्दानी राम्रो छ, उहाँले भन्नुभयो– ६ महिना राम्रो कमाइ हुन्छ । चार वर्ष अघिबाट व्यवसाय सुरू गरेको भए पनि सहकारीबाट ऋण लिएर स्तरवृद्धि गरेपछि व्यवसाय फष्टाएको उहाँले बताउनुभयो ।
२०६४ सालमा स्थापना भएको सो संस्थाले शेयर सदस्यहरुलाई अहिलेसम्म ११ करोड ऋण लगानी गरेको संस्थाका उपाध्यक्ष सितलकाजी श्रेष्ठले बताउनुभयो। सहकारीले आर्थिक वर्ष २०७०/७१ मा ७५ लाख खुद नाफा गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

को अपरेटिभ म्यानेजमेन्ट कोर्ष निर्माणका लागि सम्झौता
सहकारी क्षेत्रलाई अग्र पंक्तिमा राख्दै बुस्टर खोप उपलब्ध गराइने
काभ्रेली सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
बागमती प्रदेश सहकारी संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न