एलाईन्सले उतार्‍यो काफ्लेलाई जिल्ला संघको चुनाबी मैदानमा


काठमाडौँ फगुन ३ । नेशनल कोअपरेटर्स एलाईन्स काठमाडौँले जिल्ला सहकारी संघ लि. काठमाडौँको आसन्न निर्वाचनका लागि नेतृत्वको घोषणा गरेको छ । एलाईन्सका केन्द्रीय अध्यक्ष दीपकप्रकाश बास्कोटाको अध्यक्षतामा बसेको काठमाडौँ एलाईन्सका दशैवटा निर्वाचन क्षेत्रका क्षेत्रिय संयोजक र एलाईन्सका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू सहभागी बैठकले जिल्ला सहकारी संघका बर्तमान महासचिव सीताराम काफ्लेलाई अध्यक्षको उम्मेदवार सर्वसम्मत चयन गरेको हो । यस अघि जिल्ला संघको चुनावी तयारीका लागि एलाईन्स जिल्ला अध्यक्ष केदार मानन्धरले संयोजन गरिरहनु भएको थियो भने काफ्ले, मानन्धर र गोविन्द शर्मा पौडेल मध्ये एकजना नेतृत्वमा जाने निर्णय भएको थियो । उम्मेदवार घोषणा गर्ने क्रममा निर्वाचन परिणाम जसरी पनि एलाईन्स पक्षमा पारेर छाड्ने मानन्धरले प्रतिबद्दता व्यक्त गर्नुभयो । एलाईन्सले जातिय, भेगिय र लैंगिक रूपमा समावेसी टिम बनाएर चुनाबी मैदानमा जाने निर्णय गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने