सहकारी एकीकरणमा जोड


मोरङ , फागुन ४ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी (नेफ्स्कुन)का अध्यक्ष ऋषिराज घिमिरले सहकारी एकीकरणको विकल्प नरहेको बताउनुभएको छ ।
जनचाहना बचत तथा ऋण सहकारी संस्था लि आफनै भवन उद्घाटनका क्रममा बोल्दै घिमिरेले टुक्रा टुक्रामा छरिएर रहेका सहकारी संस्थाहरुको एकीकरणको अपरिहार्य भइसकेको बताउनुभयो । साना साना सहकारीबाट लाभ लिन सकिदैँन, अन्तगत्वा एकीरणमा जानुपर्छ’ उहाँले भन्नुभयो ।
। उक्त संस्थाले आफ्नै भवनबाट कारोवार संचालन गरेको जानकारी दिएको छ। सो अवसरमा नेफ्स्कुनका उपाध्यक्ष अमुता सुब्बा, मोरङ साकोशका अध्यक्ष मदन भटराई, लेटाङ साकोसका अध्यक्ष नगेन्द्र प्रसाद घिमिरे, फडानी साकोसका चन्द्रप्रसाद गौतम, साना किसान सहकारीका अध्यक्ष किसोर भटराई महाभारत साकोसका अध्यक्ष डिल्लिराम अधिकारी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । शुभकामना मन्तब्यको क्रममा नेफस्कुन अध्यक्ष ऋषिराज घिमिरेले स्थापनाकालमा स्वयसेवी रुपमा संचालन भएको संस्था आज आइपुग्दा आफ्नै कार्यलाय भवनमा कारोबार संचालन हुन पाएको खुशी व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा संस्थाका सचिव तेजप्रसाद तिम्सिनाबाट भवन निर्माणको रु ३२ लाखखर्च भएकोको प्रतिवेदन पेश गर्नु भएको थियो । साथै उक्त भवन निर्माणकार्यमा अहोरात्र खटेर सहयोग गर्नुहुने इन्जिनियर दिपक राई, विष्णुप्रसाद खतिवडा, इन्द्रप्रसाद ढकाल, निर्माण ब्यवसायी बुद्धिमान तामाङलाई दोसल्ला र कदर पत्र सहित प्रमुख अतिथि नेफ्स्कुन अध्यक्ष ऋषीराज घिमिरेबाट सम्मान गरिएको थियो ।
स्थापनाको २२ औँ वर्ष प्रवेश गर्दा संस्थाले लेटाङ भोगटेनी, केराबारी, इन्द्रपुर र बेलबारी कार्यक्षेत्र रहेको संस्थाको १५०५ जना शेयर सदस्यमा ८ करोड बराबरको कारोबार रहेको यस साकोसको सो कार्यक्रमको संस्थाका अध्यक्ष जनकलाल आचार्यको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालन संस्थाका कोषाध्यक्ष सुरेस अधिकारीले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

खुसी खुसी साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न
चन्द्रागिरि साकोसको शुभतारा सेवाकेन्द्र उद्घाटन
साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्‍न
पञ्चकन्या बचत तथा ऋण सहकारीको २३ औं साधारण सभा सम्पन्‍न