कर्मकाण्डीय बन्दै सहकारीका साधारणसभा


-तुलसी सुवेदी-
सहकारी संस्था सबलरुपमा सञ्चालन गर्नका लागि साधारणसभा अपरिहार्य मानिन्छ । साधारणसभा बिना सहकारी सञ्चालन प्रक्रिया अघि बढाउन सकिदैँन । लगातार दुई वर्षसम्म साधारणसभा नगर्ने सहकारीहरु निश्क्रिय सहकारीका रुपमा मानिन्छन् । ती संस्था सम्र्पकमा नआए र अन्य कुनै बित्तीय विवरण नबुझाए डिभिजन सहकारी कार्यालयहरुले संस्था दर्ता खारेज गर्न सक्ने प्रावधान छ ।
सहकारीका लागि साधारणसभा प्रमुख अंग हो । साधारणसभाबिना कुनै पनि सहकारी सहीरुपमा अघि बढ्न सक्दैन् । तर पछिल्लो समयमा सहकारीका साधारणसभा कर्मकाण्डीय बन्दै गएका छन् । पृतीको श्राद्व गरिएजस्तै सहकारीको साधारणसभा सम्पन्न भइरहेका छन् । साधारणसभाको प्रभावकारिता हराउँदै गइरहेको छ । साधारणसभा आवश्यक छलफल, बिचार, विमर्श हुन नसक्दा सहकारीका साधारणसभा देखाउनका लागि मात्र भोजमतेरकोरुपमा मात्र सीमित भएको पाइन्छ । अधिकांश सहकारीले साधारणसभामा भोजको प्रबन्ध गरेका हुन्छन् । केही सहकारीमा गहन छलफल भई निर्णय हुने गरेपनि अधिकांश सहकारीमा सञ्चालकले ल्याएको प्रस्ताव कुनै छलफलै नगरी ताली ठोक्ने र पाश गर्ने प्रवृति बढ्दै गएको छ । जसले गर्दा सहकारी स्वनियमनमा चल्ने संस्था भएपनि बिस्तारै स्वनियमन हराउँदै गएको छ । सहकारीका शेयर सदस्यहरु सधै सक्रिय भई आफ्नो संस्थाको बित्तीय जानकारी लिनुपर्ने भएपनि अधिकांश सदस्यहरु साधारणसभामासमेत चनाखो भएको पाइदैँन । त्यसको फाइदा सञ्चालकका केही पदाधिकारीहरुले लिइरहेका छन् । सहकारी केही व्यक्तिको कम्पनीजस्तै हुन पुगेको छ । जसले गर्दा सहकारीमा एकपछि अर्को समस्या बढ्दै गइरहेका छन् ।
अहिले सहकारीले ११ अर्ब फसेको छ । ९ हजार बढी निक्षेपकर्ताले आफूले राखेको पैसा फिर्ता पाउन सकेका छैनन् । ती संस्थाहरुमा पनि केही व्यक्तिले एकलौटीरुपमा सहकारी सञ्चालन गरेको र शेयर सदस्यको सहकारीप्रति जानकारी राख्न नसक्दा त्यस्तो समस्या दिनप्रतिदिन बढ्दै गएको हो ।
सहकारी कसरी अघि बढाउने ? संस्थाको वार्षिक कार्यक्रम कस्तो हुने भन्ने कुरामा एकदुईजना बाहेक अधिकांशलाई चासो र जानकारी समेत हुदैँन । अधिकांश सहकारीका शेयर सदस्यहरु सञ्चालकमै निर्भर हुदाँ र सहकारीप्रति वेवास्त गर्दा सहकारीका साधारणसभा कर्मकाण्डीय बन्दै गएका हुन् । अधिकांश शेयर सदस्यहरुले आफ्नो संस्थाको वार्षिक कार्यक्रम कस्तो र अझ राम्रो कसरी बनाउन सकिन्छ भन्ने कुरामा ध्यान जान सकेको छैन् । सहकारीकै अगुवाहरुले सहकारीको साधारणसभा कर्मकाण्डीय भन्दा फरक नभएको बताउँछन् । ‘साधारणसभाको नीति तथा कार्यक्रमले संस्थाको प्रगतिको झलक दिन्छ, तर साधारणसभामा कुनै सदस्यले रचनात्मक सुझावसमेत दिदैँनन्’ उनले भने । अधिकांश सहकारीका साधारणसभामा एकदुई जनाले आफ्नो राय, सुझाव पेश गरेपनि अधिकांश शेयर सदस्यहरुले तालि पित्नुबाहेक अरु सोच्न सक्दैनन् । उनीहरुको ध्यान संस्थाले दिने लाभांश, भोज र मनोरञ्जनमा मात्र बढी ध्यान गएको पाइन्छ ।
सहकारीका अध्यक्ष लगायत पदाधिकारीले ल्याएको प्रस्ताव अन्य सञ्चालक, शेयर सदस्यले छलफल नै नगरी तालि पिट्ने गरेका छन् । जसले गर्दा सहकारी भनिए पनि प्राली एंव कम्पनी भन्दा फरक छैनन् केही सहकारीहरु । सहकारीमा सबैको भावना समेट्नुभन्दा एकदुई जनाले आफूले चाहेजस्तो एंव आफ्नो अनुकूल साधारणसभा गरी संस्था सञ्चालन गर्ने गरेको पाइएको छ ।
वार्षिक नीति तथा कार्यक्रम पाश गर्नका लागि व्यापक छलफल जरुरत पर्छ । अध्यक्ष एंव सचिवले ल्याएको प्रस्तावबीच गहन छलफल भयो भने मात्र संस्थाले सही गति लिन्छ । कुनै छलफलै नगरी ताली पिट्दा र शेयर सदस्यहरुको ध्यान सहकारीको नीति तथा कार्यक्रममा भन्दा पनि अन्यत्र मोडिएका कारण सहकारीका साधारणसभा प्रभावकारी बन्न नसकेका हुन् ।
उता डिभिजन सहकारी कार्यालय, काठमाडौंका अनुसार अधिकांश सहकारीले साधारणसभा गर्ने गरेका छैनन् । समयमै साधारणसभा गर्ने सहकारी बिरलै भेटिन्छन् । सहकारी अधिकृत पशुपति घिमिरेले हालसम्म १ हजार ५ सय ९५ सहकारीले साधारणसभा गरेको जानकारी डिभिजनमा आइपुगेको बताउनुभयो । ‘केहीको जानकारी आउँदै होला, केही सहकारीले साधारणसभा गर्न बाँकी नै होला’ उहाँले भन्नुभयो ।
डिभिजन सहकारी कार्यालयका अनुसार काठमाडौंमा ४ हजार बढी सहकारी सञ्चालमा छन् । सहकारी मापदण्ड अनुसार सहकारीले असोजसम्म नै साधारणसभा गरिसक्नुपर्दछ । फागुन पहिलो साता बितिसक्दासमेत आधाभन्दा बढी सहकारीले साधारणसभ ागर्न सकेका छैनन् । सहकारी अधिकृत घिमिरेले साधारणसभा सबै शेयर सदस्यहरुको भेटघाट हुने थलो भएको बताउनुभयो । साधारणसभामा शेयर सदस्यहरुको बढी सक्रियता चाहिन्छ तर सबै सहकारीमा शेयर सदस्य सक्रिय भएको पाइदैँन’ उहाँले भन्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न