एभरेष्ट कृषि सहकारीको ३ लाख मुनाफा


सल्लेरी, फागुन ५। एभरेष्ट कृषि सहकारी संस्था सल्लरीले आफ्ना शेयर सदस्यहरुलाई ३ लाख रुपैया मुनाफा बाँढेको छ ।
नियमित बचत र सुनिश्चित लगानीबाट बनौँ आतमनिर्भर, आर्थिक तथा सामाजिक उन्नतिका लागि वनाऔँ आधार भन्ने नाराका साथ २०६७ सालमा स्थापना भएको सो सहकारी संस्थाले गत आर्थिक बर्षको कुल लाभांसा ३ लाख ५६ हजार ४ सय ९५ रुपैयामध्ये ३ लाख रुपैया आफ्ना शेयर सदस्यहरुलाई वितरण गरेको हो ।
सहकारीले आर्थिक वर्ष २०७०/७१ मा ६९ लाख ८२ हजार ५ सय ३६ रुपैया ६० पैसा कारोवार गरेको आज पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ । त्यस्तै सो सहकारीले जिल्ला पशु सेवा कार्यालय सोलुखुम्बुसंगको समन्वयमा सहकारी खेतीमा आधारित कुखुरा पालन ब्यवसायबाट मात्र १ लाख रुपैया मुनाफा कमाएको छ । हाल सहकारीमा नियमित वचत तर्फ ३ सय ३५ जना छन भने संस्थाका १ सय ३५ जना सेयर सदस्यहरुलाई लाभांसा रकम वितरण गरिएको सहकारीका उपाध्यक्ष गोविन्द वहादुर वस्नेतले जानकारी गराउनुभयो ।
सहकारीले आगामी दिनमा कृषि तथा पशुपालन ब्यवसायमा लगानी गर्ने, सेयर सदस्यता संख्या बढाउने र मुद्धती बचतलाई विस्तार गर्ने लागयतका योजना सञ्चालन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । एभरेष्ट कृषि सहकारी संस्था लिमिटेडले दुधकुण्ड नगरापलिकासंगै काँकु, वासा र देउसा गाविसलाई आफ्नो कार्यक्षेत्र वनाएर काम गरिरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न