चौथो दिनसम्म ७ करोड रुपैंया बढिको कारोबार


काठमाडौं, ४ फागुन । काठमाडौ पाको, न्यूरोडमा रहेको ताम्राकार कम्प्लेक्समा आयोजना भईरहेको सामसुंग मोबाइल महोत्सव २०१५ पावर्ड वाई हुवावेको चौथो दिनसम्म ७ करोड रुपैंयाभन्दा बढिको कारोबार भएको छ । महोत्सवको चौथो दिनसम्म विभिन्न ब्राण्डका ८ हजारको हाराहारीमा मोबाइल सेटहरु बिक्री भएका छन् ।
यस महोत्सवमा चौथो दिनसम्म १ लाख भन्दा बढि ग्राहकहरुले भ्रमण तथा मोबाइल खरिद गरेका छन् । महोत्सवमा हालसम्म विभिन्न राजनीतिक दलका नेताहरु, सभासद, अभिनेता, अभिनेतृलगायतका प्रतिष्ठित व्यक्तिहरुले दैनिक भ्रमण तथा मोबाइल खरिद गर्ने गरेका छन् ।
महोत्सवमा अधिकांश ग्राहकहरुले स्मार्टफोन खरिद गर्ने गरेका छन् भने महोत्सवको अवधिपारेर मोबाइल एक्सचेन्जगर्ने ग्राहकहरुको संख्या पनि बढ्दो क्रममा रहेको छ । ग्राहकहरुको अधिक चहलपहलका महोत्सवमा मोबाइल बिक्रीको संख्या पनि उच्च रहेको व्यवसायीको भनाई छ ।
महोत्सवमा सोमबार नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री भीम रावलले अवलोकन भ्रमण गरेका छन् । उनले यस्तो महोत्सव हुन ग्राहकहरुको लागि पनि लाभप्रद हुने भएको र ताम्राकार कम्प्लेक्स मोबाइल खरिदको लागि एक मात्र केन्द्रको रुपमा भएको बताए । उनले यस्ता महोत्सवमा पछिल्ला प्रविधिका मोबाइल तथा एसेसरिजहरु उपलब्ध हुने हुँदा आफूले पनि नियमित भ्रमण गर्ने गरेको जानकारी दिए ।
अहिलेसम्मकै सबैभन्दा ठूलो मोबाइल महोत्सवको रुपमा आयोजना गरिएको महोत्सवमा अधिक संख्यामा सामसुंग मोबाइलको बिक्री रहेको र त्यसपछि बिक्रीको आधारमा हुवावे ब्राण्डका स्मार्टफोनहरुले बजार लिएका छन् भने बाँकी अन्य ब्राण्डका स्मार्टफोनहरु बिक्री हुँदै आएको सामसुंग मोबाइल इलेक्ट्रोनिक्सका संचालक गुरुदत्त शर्माले जानकारी दिए ।
त्यसैगरी टेली टू प्रालिका अध्यक्ष पुरुषोत्तम बस्नेतले महोत्सव लक्ष्य गरिएअनुसार सफल भईरहेको भन्दै अन्तिमदिनसम्म ३ लाख आगन्तुकका साथै २० करोड रुपैंया बराबरको मोबाइल बिक्रीको लक्ष्य हासिल हुने बताए ।
यहि फागुन १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमसहित सामसुंग मोबाइल महोत्सव २०१५ आयोजना भईरहेको छ । महोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न मोबाईल तथा अन्य सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्म क्यासब्याक अफरमार्फत छुट दिईएकोछ । हरेक दिन गरिने लक्की ड्रमा ३० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई उपहार दिने तथा हरेक दिनका ग्राहकहरुको विवरणराखि बम्पर उपहार दिइने महोत्सवका संयोजक कृष्ण प्रसाद कर्माचार्यले जानकारी दिए । ताम्राकार कम्प्लेक्सद्धारा बम्पर उपहार अन्तरगत अन्तिम दिन ८० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई दिइने छ ।
मोबाइल महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा प्रवेश गर्ने हरेक ग्राहकहरुलाई लक्की ड्रमार्फत उपहार दिईरहेको छ । कम्प्लेक्समा प्रवेश गर्ने हरेक व्यक्तिले निशुल्क कुपन प्राप्त गर्नेछ भने सोहि आधारमा हरेक दिन ग्राहकहरुलाई विभिन्न उपहार दिइने छ । ताम्राकार कम्प्लेक्समा आयोजना हुने महोत्सव अवधिभर हरेक आगन्तुकले प्राप्त गर्ने निःशुल्क कुपनको आधारमा प्रत्येक दिन ३ वटा स्मार्टफोन उपहार प्राप्त गर्ने छन् ।
त्यसैगरी महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा ओटेल कम्पनीको सहयोगमा निशुल्क वाईफाई सुविधा उपयोग गर्न पाउनेछन् भने महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा मोबाइल खरिद गर्न आउने ग्राहकहरुको लागि निशुल्क पार्किङ सेवा उपलब्ध गराइएको छ ।
महोत्सवअवधिभर स्थानिय क्लब पाको यूथ क्लब परिवार, स्थानिय संघ संस्थाहरुले आवश्यक व्यवस्थापकिय पक्षहरुमा सहयोग तथा सहकार्य गरिरहेका छन् ।
ताम्राकार कम्प्लेक्समा विश्वका विभिन्न उत्कृष्ट ब्राण्डका मोबाइल सेटहरु, ट्याबलेट, ल्यापटप, एसेसरिज खरिद गर्ने सुविधा छ भने विभिन्न मोबाइल कम्पनीका सर्भिस सेन्टर पनि रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन