प्रभावकारी बन्दै साझा यातायात


काठमाडौं, फागुन ६ । साझा सहकारी संस्थाले सञ्चालन गरेको साझा यातायात प्रभावकारी बन्दै गएको छ । साझा यातायातले दिएको सेवा प्रभावकारी रहेको सर्वसाधारणहरुले बताउन थालेका छन् ।
साझा यातायातले रुट थप गर्ने भएको छ । उपत्यकाका दुई रुटबाट सेवा दिदै आएको साझा यातायातले आफ्नो रुट परिमार्जन परिवर्तन गरेको जनाएको छ । साझाले कलंकी–त्रिपुरेश्वर–एयरपोर्टको रुटलाई परिर्वतन गरेको जनाएको छ। अब उक्त रुटमा चल्ने साझाको बस स्वयम्भु–कलंकी–कालीमाटी–त्रिपुरेश्वर–रत्नपार्क–जमल–कमलपोखरी–गौशाला हुँदै एयरपोर्ट पुग्ने छ।
साझाले सरकारबाट स्वीकृति लिएर रुट परिवर्तन गरेको साझाका प्रबन्धक महेन्द्र राज पाण्डेयले जानकारी दिनुभयो। खासगरी स्वयम्भु, पशुपतिनाथ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई एक आपसमा जोड्न रुट परिमार्जन गरिएको उहाँले बताउनु भयो। यसले कमलपोखरी–गौशाला सडक खण्डका सहरबासी सेवाग्रही लाभान्वित पार्ने छ।
साझाले साविकको रुटमा समेत निकट भविष्यमै बस सञ्चालन गर्ने जनाएको छ। केही वस थपेर नयाँ रुटका साथै साविकको रुटमा समेत सेवा सञ्चालन गर्ने योजना रहेको साझाले जानकारी दिएको छ।
सझा यातायातले २०७० वैशाखदेखि काठमाडौं उपत्यकाको उत्तर दक्षिण र पूर्व पश्चिमका दुई ओटा रुटमा सेवा सञ्चालन गर्दै आएको छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दोलखामा कोपोमिस तालिम सञ्चालन
लमजुङमा पनि सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन
साकोस स्तरीकरण सम्बन्धी मधेश प्रदेशका व्यवस्थापकहरु बीच अन्तरक्रिया
सदस्य संघ संस्थाहरुलाई राष्ट्रिय सहकारी महासंघको अपिल