सहकारी अनुगमनमा कडाई


काठमाडौं, फागुन ६ । ठूला सहकारीको अनुगमनमा कडाई गरिएको छ । ठूला सहकारीमा समस्या आउँदा त्यसको असर धेरै जनालाई पर्ने भएकाले सहकारी विभागले अनुगमनलाई तीर्व पारेको हो ।
विभागले उपत्याका ठूला सहकारी र उपत्यका बाहिरका सहकारीको अनुगमन गरेको जनाएको छ । विभागले चालू आर्थिक वर्षमा ८५ वटा सहकारी संस्थाको अनुगमन गरेको छ। विभागले गत वर्ष ४ सय १८ वटा सहकारी संस्थाको अनुगमन गरेको थियो।
उपरजिस्टार नारायणप्रसाद ज्ञवालीले अनुगमन गरिएका ठूला कारोबार गर्ने सहकारी संस्थाहरू प्रायः गैरसदस्यसँग आर्थिक कारोबार गर्ने, हाउजिङ तथा रियल स्टेटमा लगानी गर्ने र आन्तरिक व्यवस्थापन पनि कमजोर हुने जस्ता विभिन्न प्रकृतिका समस्या देखिएकोे बताउनुभयो ।
विभागका अनुसार ५ करोड रुपियाँभन्दा बढी आर्थिक कारोबार गर्ने सहकारी संस्था तथा विभागमा उजुरी परेका सहकारी संस्थाको अनुगमन विभाग आफैंले गर्ने गरेको हो। विभागका अनुसार नेपालभर जम्मा ३१ हजार १ सय ७७ सहकारी संस्थामध्ये ५ करोड रुपियांँभन्दा माथिको आर्थिक कारोबार गर्ने सहकारी संस्था साढे ७ सयको हाराहारीमा रहेका छन्।
पछिल्लो समय मुलुकका अधिकांश सहकारी संस्थाले तोकिएको सीमाभन्दा माथि उठेर आर्थिक कारोबार गर्ने गरेकाले विभागले यसरी अनुगमन तीव्र बनाएको हो। सहकारी संस्थाको दर्ता प्रक्रिया सजिलो तथा कारबाहीका लागि स्पष्ट कानुनको अभावका कारण सहकारीले मनोमानी आर्थिक कारोबार गरिरहेका छन्।
सहकारी संस्थामा बैंकमा भन्दा धेरै ब्याज आउने तथा सम्पत्तिको स्रोत पनि खोल्न नपर्ने भएकाले सहकारी संस्थाको आर्थिक कारोबार फस्टाउँदै गएको बताइन्छ। सहकारी ऐनले सहकारीसम्बन्धी कसुर वा गल्ती गर्नेलाई १ हजार ५ सय रुपियाँ मात्र जरिवानाको व्यवस्था गरेको छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर