जिल्ला संघमा विवाद बढ्यो, वार्ता निष्कर्ष विहिन


काठमाडौं, फागुन ७ । काठमाडौं जिल्ला संघमा विवाद बढ्दै गएको छ । दुई पक्षबीच आज बिहीबार भएको छलफल बिना निष्कर्ष टुंगिएको छ ।
आधा भन्दा पनि कम सदस्य सम्पर्कमा आएपछि दुईपक्षबीच विवाद बढेको हो । फागुन ५ गतेसम्म मतदाताको परिचयपत्र लिन आग्रह गरिएपनि आधा भन्दा कम मात्र सम्पर्कमा आएपछि आपसमा विवाद बढ्दै गएको हो । नेशनल कोअपरेटर्स एलाईन्स सम्बद्व सहकारीकर्मीले पहिला नै सूचना प्रकाशित गरिसकेकाले सदस्यताका लागि म्याद थप्न नहुने अडान लिएपछि वार्ता बिना निष्कर्ष टुंगिएको हो ।
भोली शुक्रबार कानुनविद्हरु राखेर छलफल गर्ने दुवै पक्ष सहमत भएका छन् । जिल्ला संघका अनुसार १ हजार ८ सय २० जना सदस्य रहके छन् । तर हालसम्म ७ सय ८६ जना मात्र सम्पर्कमा आई सदस्यताको कार्ड लिन आएपछि संघमा तंरग मच्चिएको हो । समय थपेर अन्यलाई कार्ड दिनुपर्ने र अब सम्पर्कमा नआएकालाई मतदानबाट वञ्चित गरिनुपर्ने दुईखाले विचार आएपछि आज भएको छलफल बिना निष्कर्ष टुंगिएको हो ।
संस्थापन पक्षले समय थपेर भएपनि सदस्यता कार्ड दिनुपर्ने अडान राखेको छ भने नेपाल कोअपरेटर्स एलाईनस सम्बद्व सहकारीकर्मीले त्यसको विरोध गर्दै आएका छन् ।
जिल्ला संघका अध्यक्ष प्रत्याशी टेकप्रशाद चौलागाईले समय थपेर भएपनि सदस्यता कार्ड दिनुपर्ने बताउनुभयो । ‘आधा भन्दा बढी साथीहरु सम्पर्कमा आउनुभएको छैन्, उहाँहरुलाई मतदानबाट वञ्चित गराईनु हुन्न’ उहाँले भन्नुभयो ।

करिब १ हजार २ सयले मतदानमा सहभागी हुन सक्ने बताइएको छ । अध्यक्षका प्रत्याशी सीताराम काफ्लेले कुनै निर्णय नभएको र भोली मात्र थाहा हुने बताउनुभयो । सूचना पहिला नै प्रकाशित भएकाले म्याद थप गर्न नहुने उहाँको भनाई थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने