सहकारी ऋण व्यवस्थापन तालिम शुरु
चिचवन, फागुन ८ । चितवनको नारायणगढमा “सहकारीमा ऋण व्यवस्थापन ” तालिम सुरु भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, फिल्ड कार्यालय चितवनको आयोजनामा तालिम शुरु भएको हो । बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्य एवं जोखिमको समेत क्षेत्र भएकाले ऋण ब्यबस्थापन तालिम आयोजना गरिएको नेफ्स्कुनले जनाएको छ ।
तालिममा जोखिम ब्यबस्थापन, ऋणका प्रकार, लगानीका प्रक्रिया, भाखा नाघेका ऋण व्यवस्थापन, ऋण नीति, ऋण समिति को भूमिका आदि बिषयमा प्रशिक्षण दिइने छ ।
तीन दिन सम्म सञ्चालन हुने तालिमका सहजकर्ता नेफ्स्कुन संचालक दामोदर अधिकारी र तालिम अधिकृत नव कुमार अधिकारीले तालिम दिनुहुनेछ । तालिममा ५२ जना सहकारीकर्मीको सहभागिता रहेको छ ।