काठमाडौं जिल्ला संघको छलफल जारी, निस्किएन निष्कर्ष


काठमाडौं, फागुन ८ । काठमाडौं जिल्ला संघको सदस्यताका लागि म्याद थप गर्ने या नगर्ने भन्ने विषयमा कुनै निर्णय हुन सकेको छैन् । म्याद थपी अन्य सदस्यलाई पनि सहभागिता गराउनुपर्ने या अहिलेसम्म सम्पर्कमा आएकाबाट मात्रै मतदान गर्ने भन्ने विषयमा दुई पक्षबीच मत माझिएपछि कुनै निष्कर्ष निस्कन नसकेको हो ।
शुक्रबार बिहानैदेखि वार्ता भएपनि अझै टुंगो लागेको छैन् वार्ता अझै जारी रहेको छ ।
कानुनविद्हरुमसेत वार्तामा सहभागी भएका छन् । अझै केही समयको छलफलपश्चात टुंगोमा पुग्न सकिने संघका महासचिव परितोष पौड्यालले बताउनुभयो । पौडेलका अनुसार आज दिउँदोसम्म यस विषयमा टुंगोमा पुगिने छ । दिउँदोसम्म समय दिएर अन्यलाई पनि मतदानमा सहभागी गराउन सकिने बुझिएको छ ।
बिहीबार भएको नेशनल कोअपरेटर्स एलाईन्स सम्बद्व सहकारीकर्मीले पहिला नै सूचना प्रकाशित गरिसकेकाले सदस्यताका लागि म्याद थप्न नहुने अडान लिएपछि वार्ता बिना निष्कर्ष टुंगिएको हो ।
संघका अनुसार हालसम्म ७ सय ८६ जना मात्र सम्पर्कमा आई सदस्यताको कार्ड लिएका छन् । तर जिल्ला संघका अनुसार १ हजार ८ सय २० जना सदस्य रहका छन् । समय थपेर अन्यलाई कार्ड दिनुपर्ने र अब सम्पर्कमा नआएकालाई मतदानबाट वञ्चित गरिनुपर्ने दुईखाले विचार आएपछि बिहीबार भएको छलफल बिना निष्कर्ष टुंगिएको हो ।
संस्थापन पक्षले समय थपेर भएपनि सदस्यता कार्ड दिनुपर्ने अडान राखेको छ भने नेपाल कोअपरेटर्स एलाईनस सम्बद्व सहकारीकर्मीले त्यसको विरोध गर्दै आएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक