साधारणसभाको प्रक्रिया नै गलत कानुनविद्
काठमाडौं, फागुन ८ । काठमाडौं जिल्ला संघको १५ औ साधारणसभाको प्रक्रिया नै गलत भएको कानुनविद्हरुले बताएका छन् ।
सदस्यताका लागि म्याद थप गर्ने या नगर्ने भन्ने विषयमा विषयमा भएको दुई पक्ष छलपललमा दुवै पक्षका समर्थक कानुनविद्हरुले साधारणसभोको प्रक्रिया नै गलत भएको बताएका हुन् ।
फागुन ५ गतेसम्म सदस्यता परिचयपत्रका लागि आह्वन गरिनु नियमविपरित भएको कानुनविदेहरुले बताएका हुन् । उनीहरुले सबै सदस्यलाई निर्वाचनमा भाग लिन दिनुपर्ने सुझाव दिएका थिए ।
उनीहरुले फेरी साधारणसभाको सूचना जारी गर्नुपर्नेमा जोड दिएका छन् तर सञ्चालक समितिले अझै कुनै निर्णय गर्न सकेको छैन् ।