सबै सदस्यले मतदानमा भाग लिन पाउने


काठमाडौं, फागुन ८ । काठमाडौं जिल्ला संघको चुनावमा सबै सदस्यले भाग लिन पाउने भएका छन् । साधारणसभाको दिनसम्म सम्पर्क गरी प्रतिनिधि परिचयपत्र बनाउने सबै सदस्यले मतदानमा भाग लिन पाउने भएका हुन् । 

शुक्रबार दिनभरी भएको दुई पक्षका सहकारीकर्मी र कानुनविद्बीच छलफलले सदस्य सबैलाई मतदानमा सहभागी गराइने निर्णय गरेको हो ।

जिल्ला संघका १ हजार ८ सय २० जना सदस्य रहेका छन् । तर तोकिएको समयसम्म(फागुन ६ गते) सम्म ७ सय ८६ जनाले मात्र प्रतिनिधि परिचय पत्र बनाएका थिए ।

नेशनल कोअपरेटर्स एलाईन्स सम्बद्व सहकारीकर्मीहरुले तोकिएको मितिसम्म प्रतिनिधि परिचय पत्र बनाउन नआउने सदस्यहरुले चुनावमा मतदान गर्न नपाउने बखेडा झिकेपछि जिल्ला संघ काठमाडौंमा विवाद बढेको थियो ।

संघले फागुन ५ गतेसम्म सबै सदस्यलाइ प्रतिनिधिको परिचयपत्र लिन सार्वजनिक सूचना जारी गरेको थियो । तर आधा भन्दा पनि कम मात्रले हालसम्म प्रतिनिधि परिचय पत्र बनाएका छन् ।
दुवै पक्षका कानुनविद्हरुले प्रक्रिया नै गलत भएको भनेपछि चुनावको दिनसम्म परिचयपत्र दिइने निर्णय भएको हो । एलाईन्स सम्बद्व सहकारीकर्मीहरुले फागुन १५ गते निर्धारण गरिएको चुनाव स्थगन गरी पुनः अर्को मितिमा आह्वान गर्नुपर्नेमा जोड दिएका थिए ।
कानुनविद्हरुमसेत वार्तामा सहभागी भई दिनभरीको छलफलपश्चात साधारणसभाको मितिसम्म नै प्रतिनिधि परिचय पत्र बनाउन पाउने निर्णय भएको हो ।
१५ गते हुने चुनावका लागि एलाईन्स सम्बद्व सहकारीकर्मी र वामपन्थी सहकारीकर्मी प्यानल बनाउने प्रक्रियामा जुटेका छन् । यद्यपी, मतदानको दिनसम्म पनि सहमतीको प्रयास भने जारी राख्ने दुवै पक्षले बताएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

को अपरेटिभ म्यानेजमेन्ट कोर्ष निर्माणका लागि सम्झौता
सहकारी क्षेत्रलाई अग्र पंक्तिमा राख्दै बुस्टर खोप उपलब्ध गराइने
काभ्रेली सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
बागमती प्रदेश सहकारी संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न