संविधान निर्माण पश्चात् मुलुक औद्योगिककरणको युगमा प्रवेश गर्ने– नेता खनाल
औद्योगिक चेतनाको कमी तथा उद्योगमैत्री नीतिको अभावका कारण उद्योग क्षेत्रले तिब्र गति लिन सकेन– उद्योगमन्त्री बस्नेत


mahesh basnteकाठमाडौं, फागुन ९ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाले संविधान निर्माण पश्चात् मुलुक औद्योगिककरणको युगमा प्रवेश गर्ने बताउनुभएको छ ।
उद्योगमन्त्रालयको आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रमसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै उहाँले राजनीतिक अस्थिरताका कारण औद्योगिक क्षेत्रले सम्बृद्धि पाउन नसकेको धारणा व्यक्त गर्नुभयो । साथै नेता खनालले सही नीति र मार्ग निर्देशन नहुँदा उद्योग क्षेत्र र मुलुकको विकास हुन नसकेको बताउनुभयो ।
नेता खनालले औद्योगिकरणलाई गति दिन स्वदेशी उत्पादन बढाउनु पर्ने भन्दै उद्योग प्रोत्साहित गर्ने नीति तथा कार्यक्रमको आवश्यकता रहेको कुरा औँल्याउनुभयो । उहाँले तल्लो तहसम्म औद्योगिक चेतना पु¥याउन उद्योगी र उद्यमशिलता विकासका लागि राष्ट्रिय व्यापी जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उद्योगमन्त्री महेश बस्नेतले मन्त्री बस्नेतले औद्योगिक चेतनाको कमी तथा उद्योगमैत्री नीतिको अभावका कारण उद्योग क्षेत्रले तिब्र गति लिन नसकेको बताउनुभएको छ ।

उद्योगमन्त्रालयको आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रमसम्बन्धी अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गदैँ उहाँले उद्योगको प्रकृतिका आधारमा उद्योगहरुबीचको औद्योगिक लिंकका लागि औद्योगिक सर्किट निमार्णको आवश्यकता औँल्याउनुभयो ।
मन्त्री बस्नेतले उद्योग मन्त्रालयलाई रेस्पोन्सिप अनलाइन सेवाका साथै अटोमेशन तथा डिजिटलाइजेशन प्रणालीमा जोड्न लागेको बताउनुभएको छ । उहाँले उद्योग विभागमा यस्तो प्रणाली शुरुवात भैसकेको र मन्त्रालयका तल्लो तहका निकायमा समेत नयाँ प्रविधियुक्त प्रणाली लागु गर्ने थालिएको जनाउनुभयो ।
मन्त्री बस्नेतले रेमिट्यान्स केन्द्रीत उत्पादमूखी कार्यक्रम सञ्चालनको आवश्यकता रहेको जोड दिनुभयो । उहाँले राष्ट्रिय बजेटमा उद्योग क्षेत्रलाई विशेष स्थान नदिदाँसम्म मुलुकले फराकिलो अर्थिक सम्बृद्धि हासिल गर्न नसक्ने जीकिर गर्नुभयो ।
उहाँले औधोगिकरण का माध्यमबाट आर्थिक विकास, उद्यमशिलता र रोजगार निर्माण का लागि अघी बढाउनु पर्ने बिषय वस्तुहरुमा उद्योग, व्यवसाय मैत्री प्रष्ट निती, चुस्त, सहज र पारदर्शी प्रशासनिक सेवा, लगानी मैत्री बातावरणको निर्माण, अन्तर्मन्त्रालय समन्वय युनिट बैदेशिक लगानी मुखी बिशेष कार्यक्रम उर्जा, पूर्वाधार, सेवा सहुलियत लगायतका विषय रहेको उल्लेख गर्नुभयोृ ।
साथै कार्यक्रमा मन्त्रालयका निमत्ति सचिव जीतबहादुर थापाले मन्त्रालयको चालु आ.ब. २०७१।०७२ को बजेट तथा आ.ब २०७२।०७३ को प्रस्तावित बजेट तथा कार्यक्रम सम्बन्धी कार्यपत्र पस्तुत गर्नुभएको थियो ।

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले कृषि, साना तथा घरेलु र पूर्वाधार निमार्ण सम्बद्ध उद्योगलाई राष्ट्रिय प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ ।
उद्योगमन्त्रालयको आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रमसम्बन्धी अन्तरक्रिया कार्यक्रममा विषेश आतिथिका रुपमा बोल्दै अधिकारीले पूर्वाधार, कृषि, साना तथा घरेलु उद्योगलाई मुलुकको मुलधारमा ल्याउन र प्रतिस्पर्धि बनाउन विशेष नीती ल्याउनुपर्नेमा जोड दिनुभयो ।
साथै उहाँले रुग्न तथा ओझेलमा परेका उद्योगलाई समेत राज्य पक्षले उचित संरक्षण दिन आग्रह गर्नुभयो ।
पूर्व अर्थमन्त्री अधिकारीले सामाजिक रुपान्तरण र्औद्योगिक सम्बृद्धिबाट मात्रै सम्भव रहेको तर्क गदैँ प्रविधि हस्तान्तरण र पुस्तान्तरणको परिपाटीको थालनी गर्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो । उहाँले उद्योग दर्ता हुने तर निरन्तरता नपाउने परिपाटीको अन्त्यका लागि उद्यमी र उद्योगी मैत्री नीति आवश्यक रहेको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न