भन्सार मूल्यांकन तजविजी हुँदैन  ढुङ्गाना जनकपुरमा भन्सार कार्यालयको जग्गा खरिदको तयारी


जनकपुरधाम, ९ फागुन
भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले भन्सार मूल्यांकन भन्सार अधिकृतको तजविजीमा नहुने दावी गर्नुभएको छ । व्यावसायीक क्षेत्रबाट बेलाबेलामा भन्सार मूल्यांकन तजविजी रुपमा हुने र त्यसले आयातित बस्तुको मूल्य निर्धारणमा एक रुपता नदेखिएको बताईरहेका बेला महानिर्देशक ढुङ्गानाले मूल्यांकन लागी वैधानिध तरिका रहेको र कर अधिकृतले पद्धतिबाहिर गएर आफूखुसी गर्न नसक्ने बताउनु भएको हो ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र अमेरिकन राजदुतावासको संयुक्त आयोजनामा जनकपुरको रामा होटलमा शानिबारदेखि सञ्चालित दुई दिने आर्थिक पत्रकारिता प्रशिक्षण कार्यक्रममा महादिर्नेशक ढुङ्गानाले व्यवसायी र सरकारी कर्मचारी ईमान्दार र व्यवसायिक भए भंसार मूल्यांकनमा समस्या नरहने बताउनुभयो । “वास्तविकता, व्यावसायिकता र ईमान्दारीता व्यावहारमा प्रबर्धन गरि भन्सार छल्ने प्रबृत्ति रोकियो भने धेरै समस्या व्यवस्थित हुन्छ” उहाँले भन्नुभयो, “भन्सार एक्लैले एकांकी आधारमा कुनै बस्तुको मूल्यांकन गर्न सक्दैन । क्षमता पनि राख्दैन र प्रयास पनि गर्दैैन ।”
जनकपुरको जटहीस्थित भन्सार कार्यालय एक वर्षदेखि बन्द रहनु दुःखद भएको भन्नुहुँदै उहाँले सरकार जटही भन्सार कार्यालयलाई व्यवस्थित बनाई खुलाउन लागिपरेको बताउनु भयो । “भन्सार कार्यालयको जग्गा खरिद प्रक्रिया सुरु भईसकेको छ” उहाँले भन्नुभयो, “भन्सार सुचारु गर्न र व्यवस्थित बनाउन भारतीय राजदुतावाससँग पनि छलफल भईरहेको छ ।” उहाँले जनकपुरको विकासका लागी र जनकपुरलाई चलायमान बनाउन भन्सार कार्यालयको ठूलो हात रहेको बताउनुभयो । सिप र विद्या सिकेर र सिकाएर कहिल्यै नसकिने भन्दै उहाँले मोफसलमा रहेका सञ्चारकर्मीले स्थानीय मुद्धालाई राष्टिय मुद्धा बनाउन सके त्यसले समग्र मुलुककै समून्नतिका लागी सहयोग गर्ने बताउनुभयो । उहाँले अर्थतन्त्रले कसरी काम गर्छ भन्ने विषयमा सञ्चारकर्मीहरुलाई प्रशिक्षणसमेत दिनुभएको थियो ।
कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर (हिरा) शाहले भन्सार कार्यलय वर्षदिन देखि बन्द हुँदा राज्यले ठूलो मात्रा राजस्व गुमाएको भन्नुहुँदै भन्सार नहुँदा स्थानीय उद्योगव्यवसाय पलायन भईरहेकाले जनकपुरबासी पिडित भएको बताउनु भयो । विगतमा जनकपुरलाई केन्द्रविन्दुमा राखेर विशेष आर्थिक क्षेत्र सञ्चालन गर्ने प्रस्ताव आएपनि पछिल्लो समय सो प्रस्ताव अलपत्र परेको भन्नुहुँदै उहाँले स्थानीय सञ्चारकर्मीहरुले त्यसको खोजी गरि सरकारको ढोका ढक्ढक्याउनुपर्ने बताउनुभयो ।
प्रशिक्षण कार्यक्रम उद्घाटनमा सेजन उपाध्यक्ष लोकबहादुर चापागाईले मोफसलमा भएका आर्थिक गतिविधिलाई राष्टव्यापी बनाउन पर्याप्त विषयबस्तुको ज्ञान भएमा र लेखनशैलीलाई रोचक बनाउन सके केन्द्रले स्थान दिने बताउनुभयो । त्यसअवसरमा उहाँले स्थनीयस्तरमा वित्तीय क्षेत्रको अवस्था र पुँजी बजारमा स्थानीय आवश्यकताका बारेमा प्रकाश पार्नुभएको थियो ।
त्यसैगरि नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष ईश्वरचन्द्र झाले विषयगत विज्ञताका लागी प्रशिक्षण कार्यक्रमहरु आवश्यक रहेको र सम्वन्धित विषयबस्तुमा ज्ञान भए केन्द्रमा लबिड गर्न सजिलो हुने बताउनुभयो । दुई दिनसम्म चल्ने प्रशिक्षणमा सेजनका संस्थापक अध्यक्ष प्रतिक प्रधान, सार्वजनिक संस्थान निर्देशन बोर्डका अध्यक्ष बिमल वाग्ले, …जनकपुर क्याम्पसका प्रा.डा. सुरेन्द्र लाभ, जनकपुर उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष निर्माण चौधरीलगायतले समसामयिक र स्थानीय मुद्धाहरुमा केन्द्रित रहेर सञ्चारकर्मीहरुलाई प्रशिक्षण दिनुहुनेछ । कार्यक्रममा २ दर्जन सञ्चारकर्मीको सहभागिता छ ।

प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर