ऋण व्यवस्थापन तालिम सम्पन्न


चितवन, फागुन १० । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, फिल्ड कार्यालय चितवनको आयोजनामा नारायणगढमा भएको सहकारीमा ऋण व्यवस्थापन तालिमको शनिबार सम्पन्न  भएको छ ।
चितवन तथा नवलपरासीका २३ बचत तथा ऋण सहकारीका ३० जनाको सहभागिता रहेको सो तालिम बिहीबारबाट सञ्चालन भएको थियो । तालिमको समापन कार्यक्रममा नेफ्स्कुन सञ्चालक इन्द्रराज ज्योति पौडेल, सहजकर्ता नेफ्स्कुन संचालक दामोदर अधिकारी, संचालक नवराज सापकोटा, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष हरिश्चन्द्र सुबेदी, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेलले मन्तव्य राखेका थिए ।
सहभागीको तर्फबाट विद्या अधिकारी र विकास पौडेलले तालिम लिएर आफुहरुलाई ऋण लगानी गर्ने प्रक्रिया एवम् ऋण नीति बनाउन सहज भएको बताए ।
समापन कार्यक्रमको अध्यक्षता फिल्ड कार्यालय संयोजक शान्ति अधिकारीले गरेकी थिईन् । तालिमका सहजकर्ता नेफ्स्कुन संचालक दामोदर अधिकारी र तालिम अधिकृत नवकुमार अधिकारी थिए । ऋण लगानी गर्नु बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्य एवम् जोखिमको समेत क्षेत्र भएकाले ऋण व्यवस्थापन, जोखिम व्यवस्थापन, ऋणका प्रकार, लगानीका प्रक्रिया, भाखा नाघेका ऋण व्यवस्थापन, ऋण नीति, ऋण समितिको भूमिका आदि विषयमा तालिममा प्रशिक्षण दिईएको थियो ।
यसैबीच फागुनको १६ गतेबाट पर्ल्स तालिम हुने र असार महिनासम्म अन्य दश विषयका तालिम तथा कार्यक्रम गर्ने पनि कार्यक्रममा जानकारी गराईयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी विभागका रजिष्ट्रार अधिकारीद्वारा पदबहाली
नेफ्स्कूनको ५औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला
मिलिजुली साकोस प्रोवेसनमा आवद्ध
कैलालीमा उच्चस्तरीय लेखा व्यवस्थापन तालिम शुरु