राष्ट्रसेवक सहकारीहरुको दोस्रो मध्यपश्चिम भेला दाङमा हुुने


उदय बीसी दाङ,फागुुन १० । मध्यपश्चिमका १३ जिल्लामा रहेका राष्ट्रसेवक सहकारी संस्थाहरुको मध्यपश्चिम क्षेत्रीय भेला दाङको घोराहीमा हुुने भएको छ । राष्ट्रसेवक सहकारी मध्यपश्चिम क्षेत्रीय समन्वय समितिको शनिवार दाङको घोराहीमा वसेको बैठकले उक्त सहकारी संस्थाहरुको दोस्रो मध्यपश्चिमाञ्चल क्षेत्रीय भेला फागुुन २९ र ३० गते गर्ने निर्णय गरेको हो ।
राष्ट्रसेवक सहकारी मध्यपश्चिम क्षेत्रीय समन्वय समितिका संयोजक रेमन्त गौतमको अध्यक्षता तथा केन्द्रीय समन्य समितिका डोरप्रसाद उपाध्ययको प्रमुुख आतिथ्यतामा वसेको बैठकले भेलाको तयारी गर्ने पनि निर्णय गरेको छ । नेपाल निजामति कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको पहलमा भेला हुुन लागेको र भेलाको उद्घाटन राष्ट्रिय सहकारी संघका केन्द्रीय अध्यक्ष केशव वरालले गर्ने राष्ट्रसेवक सहकारी मध्यपश्चिम क्षेत्रीय समन्वय समितिका संयोजक एवं नेपाल निजामति कर्मचारी संगठन केन्द्रीय उपाध्यक्ष रेमन्त गौतमले जानकारी दिनुुभएको छ ।
भेलाको तयारीका लागि समितिका संयोजक रेमन्त गौतमको संयोजकत्वमा २९ सदस्यीय तयारी समिति पनि गठन गरिएको छ । भेलामा मध्यपश्चिममा सबै जिल्लामा रहेका राष्ट्रसेवक सहकारी संस्थाहरुको प्रमुुख एवं प्रतिनिधिहरु सहभागी हुने छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने