सहकारी जिल्ला संघ काठमाडौंमा सहमतीको सम्भावना क्षिण


‘केही नगर्ने नेतृत्व आए सहकारी तहसनहस हुने’
‘सहकारीमा नचाहेर पनि राजनितिक हस्तक्षेप’
‘त्रिपक्षीय भिडन्त हुने, वामपन्थी प्यानल मंगलबार १ बजे घोषणा हुदैँ’

काठमाडौं, फागुन ११ । सहकारीमा राजनीतिक हस्तक्षेप आवश्यक नभएको सहकारीकर्मीहरुले बताएका छन् । काठमाडौं जिल्ला सहकारी संघको फागुन १५ हुने चुनावमा सहकारीकर्मीबीच सहमतीको प्रयास गर्ने र सहमती नभए चुनाव हुने सहकारीकर्मीका अगुवाहरुले बताएका छन् ।

सूचना चौतारी सञ्चार सहकारी संस्थाको आयोजनामा भएको ‘काठमाडौं जिल्लाको अबको नेतृत्व’ विषयक सहकारी डबलीको ११ औं श्रृंखलामा बोल्ने वक्ताहरुले सहमतीको प्रयास जारी राख्ने र सहमती नभए प्यानल बनाएर चुनावी मैदानमा उत्रने उद्घोष गरेका छन् । अहिले नेशनल को–अपरेटर्स एलाईन्स सम्बद्व र स्वतन्त्र सहकारीकर्मीहरु प्यालनको अन्तिम विन्दुमा पुगिसकेका छन् भने वाममन्थी सहकारीकर्मीहरु सहमतीको प्रयास असफल भए मंगलबार दिउँसो १ बजे प्यालन घोषणा गरी चुनावी मैदानमा उत्रने उद्घोष गरेका छन् ।

IMG_1683
कार्यक्रममा बोल्दै काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष केबी उप्रेतीले सहकारीकर्मीबीच सहमती गरेर नयाँ नेतृत्व चयन गनुपर्नेमा जोड दिनुभयो । सहकारीमा राजनीतिक हस्तक्षेपभन्दा पनि सहकारीका अगुवाबीच सहमती गरेर नयाँ नेतृत्व चयन गरिने उहाँले बताउनुभयो । एउटा पक्षले सहमती भन्दै हिड्ने र अर्को पक्षले प्यानल खडा गरेर अघि बढ्दा सहमती हुन नसक्ने उहाँको भनाई थियो । ‘हामी सहकारीकर्मीबीच सहमती गरेर नयाँ नेतृत्व निर्माण गर्न सकिन्छ, हामी भन्दा माथि जान आवश्यक छैन्’ उहाँले भन्नुभयो । सबैलाई मिलाएर जिल्ला संघको नयाँ नेतृत्व चयन गर्न आफूहरु प्रयास गरिरहेको चर्चा गर्दै उप्रेतीले केही सीप नलागेपछि चुनावमा जानु स्वभाविक नै रहेको बताउनुभयो । ‘म रहे पनि नरहेपनि सहमती अहिलेको आवश्यकता हो, त्यसका लागि सबै तयार हुनुपर्छ’ उहाँले भन्नुभयो । आफ्नो दश वर्षे कार्यकालको समिक्षा गर्दै उहाँले धेरै केन्द्रिय संघहरु फाइदामा जान नसकेको र जिल्ला संघ फाइदामा रहेको बताउनुभयो ।
नेशनल कोअपरेटर्स एलाईन्सका काठमाडौं जिल्ला अध्यक्ष केदार मानन्धरले सहकारीका विभिन्न निकायमा राजनीतिकरण भएको स्वीकार गर्नुभयो । राजनीतिको भागबण्डा हुदाँ सहकारीका व्यक्ति छान्न कठिन हुन्छ, त्यसो हुनु हुदैँन’ उहाँले भन्नुभयो । जिल्ला संघमा पार्टीको वरीपरीमात्र घुम्ने र सहकारीको लागि केही नगर्ने नेतृत्व आए सहकारी तहसनहस हुन सक्ने बताउनुभयो । संघको सल्लाहकार समेत रहेका मानन्धरले संघको धेरै उपलब्धी भएको र आगामी दिनमा नयाँ नेतृत्वको विकल्प नरहेको बताउनुभयो । काठमाडौं जिल्ला संघको नेतृत्वले देशको सहकारी आन्दोलनलाई अघि बढाउन भूमिका निर्वाह गर्ने भएकाले सक्षम नेतृत्वको आवश्यक भएको उहाँले बताउनुभयो ।

???????????????????????????????
काठमाडौं जिल्ला सहकारी संघका उपाध्यक्ष गोविन्द शर्मा पौडेलले उचित निर्णय लिएर नयाँ नेतृत्व चयन हुनुपर्नेमा जोड दिनुभयो । सहमती भएन भने प्रजातान्त्रिक ढंगले चुनाव हुने र नयाँ नेतृत्व चयन हुने बताउनुभयो । नमूना संघको रुपमा अघि बढाउन सर्वसम्मत नेतृत्व निर्माण हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सहकारीका विकृति हटाउन संघले पहल गर्नुपर्नेमा उहाँको जोड थियो ।
काठमाडौं जिल्ला सहकारी संघका कोषाध्यक्ष परितोष पौडेलले मंगलबार बिहानसम्म सहमतीको वातावरण नभए आफूहरुले मंगलबार दिउँसो प्यानल घोषणा गरेर चुनावी मैदानमा जाने बताउनुभयो । चुनौतीको सामाना गरी नयाँ ढंगले नेतृत्व गर्न सक्ने व्यक्ति आउनुपर्नेमा उहाँले जोड दिनुभयो । १० वर्षको अवधिमा उपलब्धी धेरै भएपनि अबको चुनौती सामाना गर्न सक्ने नेतृत्वको खाँचो रहेको छ । संस्थागत, सैद्वान्तिक विकासमा नयाँ नेतृत्व जान सक्नुपर्नेमा उहाँको भनाई थियो । उहाँले सर्वसम्मत गर्ने तयारी असफल हुदैँ गएको खुलासा गर्नुभयो । लचकता हुदाँहुदै सर्वसम्मतीको भावना छिन्नभिन्न हुदैंछ, अब त्यसतर्फ ध्यान पुगेन भने प्यानल बनाएर अघि बढ्छौं’ उहाँले भन्नुभयो । जिल्ला संघको अब आउने कार्यकाललाई अझ व्यवस्थित, वैज्ञानिक बनाउन अझै सहमतीको प्रयास जारी रहने उहाँले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर