विद्युुतकै पोलमुुनी सिगो गाउँ अध्यारो


उदय बोहरा
दाङ, १२ फागुुन । घरकै आँगनमा हाइनेन्सन लाइनका पोल छन् । जब रात पर्छ अनि वरपरका गाउँ÷वस्तीमा उज्यालो छाउँछ तर, त्यो पुुरै गाउँनै चकमन्न अध्यारोले छाउँछ । लामो समयदेखि दाङको एउटा सुुगम गाविसकै सिंगो एक गाउँनै यो समस्या भोग्नुु परिरहेको छ ।
दाङ लालमटिया गाविस वडा नंं ७ वराखुट्टीमा १ सय १२ घरधुुरी रहेको गाउँले यस्तो समस्या भोग्नुुपरेको हो । उक्त गाउँमा विद्युुत मात्रै होइन खानेपानीबाट पनि त्याहाँका गाउँलेहरु वञ्चित हुनुुपरेको छ ।
अहिलेसम्म उक्त गाउँमा कुनै पनि खानेपानी आयोजानले खानेपानी नदिदा त्यहाँका करीव चार सय जनाले एउटै अस्थायी रुपमा रहेको धारबाट पानी खाने गरेका छन् । त्यस्तै सिंचाइ सुुविधा नहुुदा आकाशेपानीको भरमा खेत गर्ने र विद्युत नहुुँदा मट्टितेलको टुुक्की बालेर आफ्नो गुुजरा गर्ने गरेका छन् । वस्तीबाटै गएको विद्युतको हाइटेन्सन लाइनलाई देखाउदै वराखुुटिकी देवी रावतले भनिन्, ‘घरको माथिवाटै विद्युतका तार भएका छन् तर हामी टुुक्की बाल्नुुपरेको छ, हाम्रा समस्याहरुलाई कसैले पनि हेरेको छैन ।’
२०२७ सालदेखि आफूहरु सो वस्तीमा वस्दै आए राज्यकै लापरवाहीका कारण आफूू वसेको घर र जग्गाको लालपुुर्ज नहुुँदा विद्युत, खानेपानी र सिंचाइ जस्ता आधारभूत तर अतिआवश्यक सेवा सुुविधाबाट वञ्चित भएको उनीहरु बताउँछन् । वसेवाफत राज्यलाई कर तिरदै आए पनि राज्यका कुनै निकायले आफूहरुलाई न्यूूनतम आधारभूत सेवा सुुविधा पनि उपलव्ध नगरेको उनीहरुको गुनासो छ । ‘हामीले पनि तिरो तिरेकै छौं तर हामीलाई यहाँको नागरिक जस्तै मानिएको छैन’, देवीले भनिन् ।
जिल्लाका विभिन्न स्थानमा मुुक्त कमैयाँ वस्ती र भूमिहिन सुुकुुम्वासीहरुका वस्तीहरु पनि छन् तर सबैभन्दा वढी घरधुुरी र जनसंख्या भएको वराखुुट्टी गाउँनै एक हो । त्यहाँका मुक्त कमैयाँ सुुकुुम्वासीहरुले राज्यलाई गाविसमार्फट कम तिर्नेले ५० रुपैयाँ र वढी तिर्नेले ५ सय रुपैयाँभन्दा वढी कर तिर्दै आएका छन् । राज्यलाई कर तिरेपछि आफूहरुलाई राज्यले न्यूनतम आधारभूत सुुविधा उपलव्ध गराउनुुपर्ने जिल्ला भूमिअधिकार मञ्च दाङकी अध्यक्ष निर्मला विकको भनाइ छ । ‘राज्यलाई कर तिर्दै जाने अनि राज्यले आफ्नो नागरिकको व्यवहार नगर्ने यो कहाँको कानुुन हो नियम हो ?’, उहाँले भन्नुुभयो । ‘उक्त वस्तीका लागि हामीले धेरै आवाज उठाइ सकेका छौं हाम्रा आवाज सुुनिएका छैनन्, अब पनि नसुनिय आन्दोलन गछौं ।’
उक्त वस्ती अहिलेसम्म विद्युत, खानेपानी र सिंचाइबाट वञ्चित भए पनि उक्त क्षेत्रमा करीव १४ वर्षदेखि खानेपानी वितरण गर्दै आएको बृहत खानेपानी योजनाले खानेपानीको सुुविधा मिलाउने पहल गरिरहेको सूचिकृत नभएका कारण उनीहरु अहिलेसम्म खानेपानीबाट वञ्चित भएका हुुन तर अब पहल गरिदै छ यसका लागि एकलो प्रयासले सम्भव हुदैन सबैको पहल आवश्य छ, योजनाका अध्यक्ष कृष्ण गिरीले भने ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२८ औं वार्षिक साधारणसभा सम्पन्‍न
क्षमता विकास अभिवृद्धि तालिम सम्पन्न
रणनीतिक व्यवसायिक योजना कार्यशाला सुरु
जिल्ला बचत संघको आयोजनामा पर्ल्स तालिम सम्पन्‍न