राप्तीका सहकारीमा कडा निगरानी
डिभिजन सहकारी नै ५० प्रतिशत सहकारीको अवस्थाबारे अनविज्ञ


उदय वोहरा
दाङ,  फागुुन १२ । । राप्ती अञ्चलका पाँच जिल्लामा करीव साढे ११ सय सहकारी संस्थाहरु छन् । यी सहकारी दर्ता हुुने निकाय डिभिजन सहकारी कार्यालय दाङ हो । दर्ता भएका सहकारी संस्थाहरुको अनुुगमन निगरानी र व्यवस्थापन गर्ने जिम्मा समेत डिभिजन सहकारी कार्यालयलाई छ । तर यहाँका ५० प्रतिशत सहकारी संस्थाहरुको अवस्थाबारे डिभिजन कार्यालय अनविज्ञ छ ।
दर्ता हुुँदा सहकारी ऐन नियम र नीति अनुुसार काम गछौं भनेर कवुुलेत गरेका सहकारीहरुमध्ये अहिले करीव ५० प्रतिशत सहकारीहरुले वार्षिक अडिट रिपोट र वर्षभरी के काम गरेका भन्ने प्रगतिकाबारेमा डिभिजन सहकारी कार्यालयमा जानकारी दिदैनन् । ‘कुुन सहकारीले वर्षमा के काम ग¥यो र त्यसको वर्तमान वित्तीय अवस्था कस्तो छ भन्ने कुुरा उसको अडिट रिपोट र सो सँगै बुुझाउने वार्षिक प्रगति विवरणबाट थाहा हुने हो’– डिभिजन सहकारी कार्यालय दाङका सहकारी निरीक्षक जागेश्वर नेपालीले भन्नुुभयो’ तर अडिट रिपोट नै बुुझाउदैनन् कसरी संस्थाको अवस्था र प्रगतिबारे जानकारी हुुन्छ ?’
चालुु आर्थिक वर्षको माघसम्म राप्तीका एक हजार एक सय २५ सहकारीमध्ये अडिट रिपोटका लागि ६ सय २३ वटा सहकारीले मात्रै कार्यालयबाट स्वीकृति लिएका छन् । जसमध्ये हालसम्म ३ सय ३३ सहकारीले आफ्नो संस्थाको साधारणसभा सम्पन्न गरी अडिट रिपोट डिभिजन सहकारी कार्यालयमा बुुझाएका छन् । सहकारीको नीतिअनुुसार आर्थिक वर्ष शुुरु भएको असोज महिनाभित्र सबै सहकारीहरुले अडिटका लागि सम्बन्धीत डिभिजन सहकारी कार्यालयबाट स्वीकृत लिइ सक्नुुपर्छ भने पुुस महिनाभित्र साधारणसभा सम्पन्न गरिसक्नुुपर्छ । साधारणसभा सम्पन्न भएको १५ दिनभित्रमा ती सहकारी संस्थाहरुले साधारणसभाबाट अडिट रिपोट अनुुमोदन गराइ संस्थाको वार्षिक प्रगतिसहित डिभिजन सहकारी कार्यालयमा रिपोट बुुझाउनुुपर्छ ।
तर राप्तीका करीव ५० प्रतिशत सहकारी संस्थाहरुले अडिटका लागि स्वीकृति नै नलिने डिभिजन सहकारी कार्यालयले बताएको छ । यस्ता सहकारीमा धेरैजसो कृषि, उपभोक्ता र विद्युुत सहकारी संस्थाहरु छन् । चालुु आर्थिक वर्षको माघसम्ममा दाङका ५ सय ७४ सहकारीमध्ये ४ सय ६ ले डिभिजन सहकारी कार्यालयबाट अडिटका लागि स्वीकृति लिएका छन् भने २ सय १३ ले अडिट रिपोट बुुझाएका छन् । त्यस्तै सल्यानका १ सय ३७ सहकारीमध्ये ५७ ले अडिटको स्वीकृति लिएका छन् भने ३९ वटाले अडिट रिपोट बुुझाएको र रुकुुमका १ सय ३२ सहकारीमध्ये २३ ले स्वीकृति लिएको र जसमा ७ वटाले मात्रै अडिट रिपोट बुुझाएको सहकारी निरीक्षक नेपालीले जानकारी दिनुुभयो । त्यस्तै रोल्पाका १ सय २४ सहकारीमध्ये ४५ ले स्वीकृति लिएका छन् भने २७ सहकारीले अडिट रिपोट बुुझाएका छन् । प्युुठानका १ सय ५५ सहकारीमध्ये ८२ ले अडिटको लागि स्वीकृति लिएका छन् भने तीमध्ये ४५ वटाले मात्रै अडिट रिपोट वुुझाएका छन् ।
हरेक सहकारी संस्थाहरुले दर्ता हुुदा आफ्नो विनियममा समयमा सहकारी नीति अनुुसार काम गर्ने र सहकारी ऐनअनुुसार सञ्चालन हुुन्छौं भनेर डिभिजन सहकारी कार्यालयसँग कवुुलेत गरेका हुुन्छन् तर पनि अटेर गरेर धेरै सहकारीहरुले आफ्नो अडिट रिपोट नै पेश गर्ने गरेको डिभिजन सहकारी कार्यालयका प्रमुुख विनोदकुुमार पौडेलको भनाइ छ । ‘सहकारी सञ्चालनको मुुख्य आधार उसको वित्तीय अवस्था सुधार हो तर अडिट रिपोट हामी कहाँ नआउदा त्योबारे हामीलाई थहा हुुँदैन’– उहाँले भन्नुुभयो ‘त्यो हामीलाई भन्दा स्वम सम्बन्धीत सहकारी संस्थालाई नै घाटा हो । ‘अहिलेको अवस्था विगतका भन्दा सुधारपूर्ण रहेको उहाँको दावी छ ।
सहकारी ऐनमा समयमा अडिट रिपोट र प्रगति विवरण सम्बन्धीत निकायमा नबुुझाउने सहकारी संस्थालाई खासै ठूलो दण्डसजाय पनि छैन । सहकारी ऐन २०४८ मा समयमा आफ्नो अडिट रिपोट सम्बन्धीत निकायमा नबुुझाउने सहकारी संस्थाहरुलाई वढीमा एक हजार पाँच सय रुपैयाँ जरिवाना लिएर पुुनः अडिटको स्वीकृति दिने व्यवस्था छ । त्यस्तै एक आर्थिक वर्षसम्म अडिट नगरेपछि एक हजार पाँच सय रुपैयाँ जरिवानामा थप एक सय रुपैयाँ विलम्ब शुुल्क लिने व्यवस्था छ । दुुई वर्षसम्म साधारसभा नगरी र अडिट रिपोट नबुुझाएमा त्यस्ता सहकारीलाई निस्कृय सूचीमा राखेर खारेज गर्ने व्यवस्था छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर